प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वाचितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो भेटवार्ता हो।

सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई तथा शुभकामना दिँदै उनको सफल कार्यकालका लागि शुभकामना दिए। प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका कार्यसूचीबारे सभापति देउवालाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए। रासस

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress