नियमविपरीत ५ ग्यास उद्योग दर्ता सिफारिस


  काठमाडौं – नेपाल आयल निगमले नियमविपरीत ५ ग्यास उद्योग दर्ता गर्न उद्योग विभागलाई सिफारिस गरेको छ । व्यवस्थापिका संसद्को निर्देशन र निगम सञ्चालक समितिको  निर्णयविपरीत ती उद्योग दर्ताका लागि सिफारिस गरिएको हो । शीर्ष तहबाट निर्णय भएकाले निगम कर्मचारी नै यसबारे बेखबर छन् । स्रोतका अनुसार निगमले आदित्य, पूर्वेली, फेवा, कोसी र सगरमाथा ग्यास उद्योग दर्ताका लागि विभागमा सैद्धान्तिक सहमति पठाएको छ ।
विभागका अनुसार सैद्धान्तिक सहमतिका आधारमा आदित्य ग्यास दर्ता भइसकको छ । यो उद्योगका ३ सञ्चालकमध्ये एक राकेशकुमार साह पूर्व प्रधानन्यायधीश रामकुमार साहका छोरा हुन् । आजको कारोबार दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress