पर्यटन बोर्डको बजेट ८४ करोड ८० लाख, भूकम्प र नाकाबन्दीले पर्यटक नआउँदा बजेटमा असर


माघ २६, २०७२- भूकम्प र नाकाबन्दीको असरका कारण नेपाल पर्यटन बोर्डले चालु वर्षको बजेट गत वर्षको दाँजोमा करिब २० प्रतिशतले घटाउँदै ८४ करोड ८० लाख हाराहारीमा झारेको छ ।

बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीका अनुसार, चालु वर्षकालागी बोर्डको संचालक समितिले ८४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्ष बोर्डको बजेट १ अर्ब १८ करोड हाराहारी थियो ।

अन्तर्राष्ट्रिय उडानबाट आउने पर्यटकबाट संकलन हुने १ हजार रुपैयाँ यसको मुख्य आम्दानीको स्रोत हो । यसवर्ष बोर्डले ४ लाख ७० हजार हाराहारी पर्यटक आउने प्रक्षेपण गरेको छ । यदी बोर्डले प्रक्षेपण गरे अनुसार यस वर्ष ४ लाख ७० हजार पर्यटक आए बोर्डले ४७ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

यसबाहेक गत वर्ष खर्च हुन नसकेको १९ करोड र पर्यटन पुर्नउत्थानकालागी छुट्याइएको १० करोड पनि चालु बजेटमा समावेश गरिएको छ । खर्च अन्र्तगत बोर्डले यसवर्ष पर्यटन प्रवद्र्धनकालागी चीन र भारतमा ३/३ करोड गरी ६ करोड रुपैयाँ खर्च गर्ने कार्यक्रम बनाएको छ ।

त्यसैगरी यसवर्ष भित्रै बोर्डले नेपालमा हिमालय ट्राभल मार्ट र अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन गर्ने भएको छ । यस्कालागी २/२ गरी ४ करोड रुपैयाँ विनियोजन गरिएको कार्यकारी प्रमुख जोशीले बताए । यस्तै आन्तरिक पर्यटन प्रर्वद्धनकालागी ५० लाख, क्राइसिस व्यवस्थापनकालागी ४० लाख, पर्यटन क्षेत्रसँग सम्वन्धित सृजनात्मक कार्यक्रमकालागी १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसवर्ष बोर्डले नेपाल सम्बन्धि मोबाइल एप बनाउने लगायतका डिजिटल काम गर्ने लक्ष्य राखेको छ । यसैबिच बोर्डको संचालक समितिमा कृष्ण अर्याल र पूर्ण कुँवरलाई नियुक्ति दिइएको छ । पाटन पुनरावेदन अदालतले रेवत थापा र धुव्रनारायण श्रेष्ठको नियुक्ति प्रक्रिया नै गलत भएको ठहर गरेपछी मन्त्रालयले बोर्डको संचालक समिति सदस्यमा पर्यटन व्यवसायी कुँवर र अर्याललाई नियुक्ति दिएको हो ।

बोर्डको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था छ भने सदस्य सचिवमा बोर्डकै प्रमुख कार्यकारी रहन्छन् । ११ सदस्यीय संचालक समितिमा निजी क्षेत्रबाट ५ जनाको प्रतिनिधित्व हुन्छ । हाल फुर ग्याल्जे शेर्पा निलम्बनमा परेकाले उनको स्थान रिक्त रहेको छ । अन्य सदस्यहरुमा अर्थ मन्त्रालय, अध्यागमन विभाग, नागरिक उडड्यन प्राधिकरण र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख रहन्छन् ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress