‘फुटबलमा अब कालो दिन हुँदैन’


माघ ९, २०७२- राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले अब फुटबलमा फेरि कालो दिन नआउने बताएका छन् ।

बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने बताए । उनले अबका दिनमा कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए ।
विष्टले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा नेपाली खेलाडीले जुन जुझारुपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका मात्र नभई तीन करोड नेपालीको जित भएको उल्लेख गरे ।

सदस्य सचिव बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस विजयले परिपूर्ति गरेको भन्दै नजिकै आएको १२ औं दक्षिण एसियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने विश्वास ब्यक्त गरे ।

सदस्य सचिव बिष्टले टोलीका प्रत्येक सदस्यलाई २ लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्ने समेत बताए ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress