मानन्धरलाई पृथ्वी पुरस्कार


काठमाडौं- किर्तिमानी म्याराथन धावक वैकुन्ठ मानन्धरलाई राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय खेलकुद संघले सोमबार पृथ्वी पुरस्कारबाट सम्मानित गरेको छ। पृथ्वीनारायण शाहको सम्झना स्वरुप गत वर्षबाट वितरण गर्न थालिएको थियो।
राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापले पुरस्कारस्वरुप मानन्धरलाई नगद दुई लाख रुपैयाँसहित पृथ्वीनारायणको प्रतिमा प्रदान गरेका थिए। थापाले पुरस्कृत भएका नेपाली खेलकुदका महान खेलाडी मानान्धरले खेलको माध्यमबाट अर्न्तराष्ट्रिय स्तरमा नेपालको नाम उचो बनाउने काम गरेर नयाँ पुस्तालाई प्रेरणा दिएको बताए।

फेब्रुअरी ५ देखी भारतमा संचालन हुने दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा सहभागिताका लागि वजेट निकासा एवं अन्य तदारुकताका लागि प्रधानमन्त्रीसँग तत्काल कुरा गर्ने उपप्रधानमन्त्री थापाले वचन दिए।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

‘नेपाल सागमा सहभागी हुनेमा दुईमत छैन,’ थापाले भने, ‘वजेट निकासामा भएको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेर छिटो निकासाका लागि पहल गर्नेछु,’ उनले भने।

त्यसअघि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक विष्टले सागका लागि रकम निकासामा भएको ढिलाईले साग तयारीमा असर गरिरहेको बताएका थिए। विष्टले यस्तो पुरस्कारले नयाँ पुस्तालाई पनि उत्साह दिने भन्दै मानान्धरको किर्तिमान अझै तोड्न नसक्नु नयाँ पुस्ताका लागि चुनौती भएको विष्टले बताए।

पुरस्कार विजेता ६४ वर्षे मानन्धरले पृथ्वी नारायण शाहको योगदानको कदर गर्दै यस्तो पुरस्कारले सम्पूर्ण नेपालीलाई एक ठाँउमा उभ्याउन सफल भएको बताए। मानन्धर १६ वर्षको उमेरबाटै खेलकुदमा सत्रिय थिए। उनले दक्षिण एसियाली खेलकुदमा (१९८४,काठमाडौ पहिलो संस्करण, १९८५ ढाका दोस्रो संस्करण, १९८७ कलकत्ता तेस्रो संस्करण) लगातार तीन पल्ट स्वर्ण पदक जितेका थिए भने ओलम्पिकमा चार पटक नेपालको प्रतिनिधित्व गर्ने उनी एक्ला खेलाडी हुन्।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

राप्रपा नेपालका युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख गणेश थापाले पृथ्वीनारायण शाहको सम्झनाका साथै खेलकुदमा योगदान गर्ने व्यक्तिको सम्मानले नयाँ पुस्ताको खेलाडी वा यस क्षेत्रमा लाग्नेलाई उत्साह प्रदान गर्न पुरस्कार स्थापना गरेको बताए।

राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय खेलकुद संघले गत वर्षबाट थालेको पुरस्कार पहिलो पटक फुटबलका पूर्व कप्तान तथा सागका लागि नेपाली फुटबल टोलीको प्रशिक्षण जिम्मा पाएका राजुकाजी शाक्यलाई प्रदान गरिएको थियो।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress