मेलम्ची आयोजना फेरि अनिश्चित


काठमाडौं- सरकारले तोकिएको समयअघि निर्माण पूरा गरे ‘बोनस’ दिने घोषणा गरेर काम सक्ने प्रयास गरे पनि ठेकेदारकै कारण मेलम्ची खानेपानी आयोजना अहिले अनिश्चित बनेको छ।

नाकाबन्दीका कारण पर्याप्त इन्धनलगायत निर्माण सामग्री र रकम अभाव भएको भन्दै ठेकेदारले काम नगरेपछि आयोजना सकिने समय अनिश्चित बन्दै गएको हो। पछिल्लो संशोधित तालिकाअनुसार ठेकेदारले २०७३ भदौभित्र सम्पूर्ण काम सक्नुपर्छ। तर, काम गराइको यही गतिले आउँदो ३/४ वर्षमा पनि आयोजना पूरा हुने सम्भावना देखिँदैन।

भूकम्पले क्षति पुगेको पहुँचमार्ग निर्माण भइरहँदा भारतले नाकाबन्दी गरेकाले तोकिएको समयमा आयोजना नहुने सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले बताए, नागरिक दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress