तरकारीमा हानिकारक विषादी सन्दर्भ : विषादी सप्ताह


पुस ८, २०७२- मानव स्वास्थ्य लगायत वातावरणकालागी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हानिकारक भनी सूचीकृत गरेका रयासनिक विषादीमध्ये नेपाली किसानले कार्वोफियुरन, ट्राइजोफस र नुभान अहिले पनि प्रयोग गरिरहेका छन् ।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

डब्लूएचओले यी विषादीको अवशेषले मानिसमा थुप्रै खाले क्यान्सर, गर्भवतीको स्वास्थ्यमा नकारात्मक असर, सन्तानमा अपांगता लगायत पशुपक्षी र वातावरणमा पनि असर हुने भनी चेतावनी दिइसकेको छ । विषादी दर्ता र नियमन गर्ने कृषि विकास मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालय हरिहरभवनका अनुसार, विशेषगरी सहरी क्षेत्रमा तरकारी निर्यात गर्ने व्यावसायिक किसानहरूले यी विषादीहरूको प्रयोग गर्दै आइरहेका छन् ।

Presticideविश्व स्वास्थ्य संगठनले हानिकारक विषादीको वर्गमा राखे पनि सरकारले यिनलाई प्रतिबन्ध नलगाएको निर्देशनालयका बाली संरक्षण अधिकृत नवराज भण्डारीले बताए । किसानले तरकारी बारीमा लाग्ने रातो कमिला, फट्यांग्रा, गोब्रे र फल खाइदिने कीरा, सेतो झिँगा, लाइकीरा आदि नियन्त्रण गर्न कार्बोफियुरन, ट्राइजोफस, नुभान आदि प्रयोग गरीरहेका छन् ।

यिनलाई नेपाल सरकारले पनि घातक विषादीको सूचीमा राखेको छ । तर प्रतिबन्धको सूचीमा भने राखिसकेको छैन् । निर्देशनालयका निर्देशक डिल्लीराम शर्माका अनुसार, नेपालले एउटा ढुसीनाशक गरी १६ वटा कीरा मार्ने विषादीहरूलाई नेपालमा बिक्रीका लागि प्रतिबन्ध गरेको छ । निर्देशनालयले भर्खरै फोरेट नामको विषादीलाई पनि यो सूचीमा राखेको छ । तर किसानहरूले अहिले पनि फोरेटको प्रयोग गरिरहेका छन् ।

‘विशेषगरी यी विषादीहरूको बालीअनुसार हालिएपछि पर्खने समय (वेटिङ पिरियड) तोकिएको हुन्छ तर किसानहरू तरकारी बालीमा आज हाल्यो पर्खने समयको ख्यालै नगरी भोलि नै बजारमा पठाउने गरिरहेका भेटिन्छन्,’ अधिकृत भण्डारीले भने । निर्देशनालयका अनुसार, ट्राइजोफस प्रयोग गरिएको बालीलाई २१ दिनपछि, माटोमा प्रयोग गरिने कार्बोफियुरन हालेको ३० देखि ६० दिनसम्म वेटिङ पिरियड तोकिएको छ । त्यसैगरी नुभानका लागि पनि ३ देखि ५ दिनसम्मको वेटिङ पिरियड छ । तर, अधिकांश किसानले ख्याल नै नगर्ने गरेको भेट्टाइएको छ । जमिनमाथिका बोटबिरुवामा आक्रमण हुने रोग र कीराको व्यवस्थापनका लागि निर्देशनालयले स्थानीय प्रविधिहरू पनि सिफारिस गरको छ ।

तर, व्यावसायिक किसानहरू विषादीलाई औषधि ठानेर विषको दुरुपयोग गरिरहेका छन् । तरकारी र फलफूलका लागि विषादीको अत्यधिक आयत र प्रयोग बढेपछि सरकारले १८ महिनाअघि (२०७१ असार ४) कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा विषादी अवशेष विश्लेषण गर्ने प्रयोगशाला स्थापना गरेको छ । यसले हालसम्म २३ सय बढी नमुना जाँचिसकेको छ । जाँचिएकामध्ये हालसम्म ३२ वटा नमुनामा मात्रै खान नमिल्ने भेटिएको इकाई प्रमुख प्रदीपकुमार भण्डारीले बताए । उनले यहाँ विषादी जाँच्ने प्रयोगशाला स्थापना भएपछि राजधानीका अन्य तरकारी र फलफूल बजारमा विषादीको मात्रा बढी भएका उपज जान थालेको बताए ।

‘यो चालू वर्षको पहिलो चार महिनामा ५ सय ४८ वटा नमुना जाँच्दा अयोग्य नमुना भेटिएको त छैन तर विषादीको अवशेष धेरै भएका वस्तु अन्य बजारमा जान थालेको सुनिन थालेको छ,’ उनले भने । भण्डारीले कालिमाटीमा हालसम्म विषादीको अगोग्य अवशेष नभेटिए पनि बजारमा बिक्रीका लागि ल्याइएका उपजको नमुना संकलन गर्न सजिलो नभएको बताए । ‘हामी नमुना जाँचिरहेका हुन्छाैं ।

एउटा नमुनाको रिपोर्ट निकाल्न २ घन्टा लाग्छ । व्यापारीहरू तरकारी होल्ड नै नगरी त्यसबेलासम्म नमुना लिइएका वस्तु बिक्री गरिसक्छन्,’ उनले भने । निर्देशनालयले आफ्नो काम प्राविधिक भएकाले तरकारी बजारमा विषादी जाँच्ने कार्यलाई प्रभावकारी बनाउन प्रहरीको सहयोग चाहिने भनेको छ ।

script> (adsbygoogle = window.adsbygoogle || []).push({});

‘स्थानीय प्रशासनको सहयोगबिना हामी काम गर्न सक्दैनांै । प्रहरीको अनुपस्थितिमा काम गर्न गाह्रो छ,’ निर्देशक शर्माले भने ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress