‘राष्ट्रपतिमाथिको दुर्व्यवहार संसारकै महिलामाथिको अपमान’


राष्ट्रपतिकाे अपमान गरेकाेमा मोर्चाले माफी माग्नुपर्छ: देउवा

पुस ४, २०७२- पूर्वप्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मधेसी मोर्चाले अपमानजनक व्यवहार गरी संसारभरका महिलामाथिको अपमान गरेको गरेको भन्दै त्यसको निन्दा गरेका छन् ।

प्रेस चौतारीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति भण्डारी जानकी मन्दिरमा जानाले त्यहाँको भूमि र मन्दिर अपवित्र भएको भनी अपमानित हुने गरी मधेसी मोर्चाका कार्यकर्ताबाट भएको व्यवहार सामन्ती र अन्धविश्वासी संस्कार भएको टिप्पणी गरे ।

‘राष्ट्रपतिजस्तो व्यक्तित्व विवाह महोत्सवका अवसरमा जानकी मन्दिरमा पुग्दा विधवा भन्ने ? यो एउटा महिलाको मात्र हैन, संसारभरिका महिलाको अपमान हो, के पुरुष विधुर हुँदैनन् ? के यो सती र सामन्ती प्रथा हो ?,’ नेपालले भने । उनले राष्ट्रपतिको भ्रमणबाट जानकी मन्दिर र जनकपुरको भूमि अपवित्र भयो भनेर क्षमापूजा गरिएको घटनाले आफ्नो मन दुखेको बताए ।

उनले मधेसमा समानताका लागि विभिन्न आन्दोलन हुँदै आएको स्मरण गर्दै निन्दनीय क्रियाकलाप गर्नेहरूमाथि कारबाहीसमेत नभएकाले मधेसी मोर्चाले कस्तो खाले संस्कार कार्यकर्तालाई दिइरहेको छ भन्ने प्रस्ट भएको बताए ।

उक्त अवसरमा चौतारीले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार पनि नेता नेपालले प्रदान गरेका थिए । हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार पत्रकार तिर्थ कोइरालाले, विरेन्द्र साह युवा क्रियाशिल पत्रकारिता पुरस्कार छेटु शेर्पा, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार ईश्वरी  घर्तिमगर र अग्नीशिखा पत्रकारिता पुरस्कार गोविन्द पोखरेलले पाएका छन् । काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले आगामी चैत ४, ५ र ६ गते चौतारीको ८ औं महाधिवेशनको मिति समेत तोकेको छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress