दुई रेडपाण्डा मृत भेटिए

मंसिर ११, २०७२- जमुनास्थित जौवारी क्षेत्रमा दुर्लभ रेडपाण्डा मृत भेटिएका छन् । जमुना ५ र ७ मा पर्ने हिले सामूदायिक वन क्षेत्रको जंगलमा स्थानीयले मृत रेडपाण्डा फेला पारेका हुन् । रेडपाण्डाको आहाराको रुपमा रहेको मालिङ्गो काटिने क्रम तीब्र भएपछि खान नपाएर नै ती रेडपाण्डा मरेको हुन सक्ने सरोकारवालाले बताएका छन् ।

करिव ६ / ७ महिना उमेर पुगेका ती मृत रेडपाण्डा लिएर सामुदायिक वनका अध्यक्ष पासाङ शेर्पानै सदरमुकाम आएका छन् । आवश्यक कानुनी प्रक्रियाकालागि जिल्ला वन कार्यालयमा ती रेडपाण्डा बुझाइने संरक्षणमा काम गर्दै आएको उच्च पहाडी जडिवुटी उत्पादक तथा संरक्षण संस्थाका कार्यक्रम संयोजक धनप्रसाद खाम्दाकले जानकारी दिए ।  मरेका रेडपाण्डा भाले र पोथी छन् । दुर्लभ वन्यजन्तुको सूचीमा रहेका रेडपाण्डा जमुनाको चोयाटार, हाँगेथामलगायत जिल्लाका विभिन्न स्थानमा पाइन्छ ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कलगायतका विभिन्न संघसंस्थाले कार्यक्रम संचालन गर्दै आएका छन् । लजालु र सोझो प्रकृतिको रेडपाण्डा चोरी शिकारीको पनि उत्तिकै खतरामा रहेको छ । चोरी शिकारी बन्द गर्दै यसको बचाउका लागि सरोकारवाला संघसंस्थाले रेडपाण्डा पाइने क्षेत्रमा वन अभिभावकमार्फत नियमित अनुगमन र निगरानी गर्दै आएका छन् ।

स्थानीय भाषामा पुडेकुंदो समेत भनिने हाव्रे (रेडपाण्डा) को संरक्षणकालागि स्थानीयवासीलाईसमेत सचेत बनाउँदै लगिए पनि चोरी शिकारी र आहाराको अभावमा मासिने क्रम जारी रहेको स्थानीय बताउँछन् । दुई हजारदेखि तीन हजार मिटरको उचाईमा पाइने रेडपाण्डाको अवस्था र संख्याबारे जानकारी लिन सामुदायिक र राष्ट्रिय वनमा प्लट निर्माण गरिएको छ ।

‘हरेक महिना ती क्षेत्रमा रेडपाण्डाले गर्ने गतिविधि, दिसालगायतको अवस्था हेरी संख्या र अवस्था पत्ता लगाइने गरेको छ,’ खाम्दाकले भने । जिल्लाको गोर्खेदेखि चमैतासम्मको उत्तरी क्षेत्रमा २४ देखि ४० जोडीसम्म रेडपाण्डा रहेको अनुमान छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress