कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ । म्यागजिनले कामुक पुरुषको रुपमा छनोट गरेकोमा बेह्क्यामले खुसी ब्यक्त गरेका छन्। ‘यो एउटा ठुलो सम्मान हो’, ४० वर्षे बेह्क्यामले भने, ‘म धेरै खुसी छु । र यसलाई म स्वीकार गर्छु।’

पिपुल म्यागजिनले ३०औं वार्षिक उत्सवको अवसरमा गरेको सर्वेक्षणमा जनताले बेह्क्यामलाई त्यो उपाधि दिएका हुन् ।

people_magazine Davidमहान फुटबलर र पप स्टार तथा फेसन डिजाइनर भिक्टोरिया बेह्क्यामको जोडी लामो समय देखी आर्कषक शरीरका कारण चर्चामा रहने गरेका छन । बेह्क्याम पेप्सी, एडिडास, जर्जियो अमार्नीको मोडलको रुपमा देखिने गरेको छन । तर स्पोर्टस म्यान तथा चार सन्तानका बाबु बेह्क्यामले आफुलाई कहिले पनि आर्कषक र कामुक ब्यक्तिको रुपमा लाग्ने नगरेको बताए।
people magazine
उनले भने, ‘ मलाइ लाग्छ, राम्रो देखिनको लागी म राम्रो लुगा र सुट लगाउन मन पराउँछु । तर म कामुक बन्नका लागी होइन ।’ नयाँ उपाधि प्राप्त गर्नको लागी ४१ वर्षे श्रीमती भिक्टोरियाको सहयोग रहेको बेह्क्यामले बताएका छन । उनले भने, ‘यसमा उनको धेरै ठुलो सहयोग छ । उनले मलाई सधै सबै कुरामा सहयोग गर्ने गरेकी छिन ।’

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress