घैंटे इन्काउन्टरमा प्रहरीमाथि प्रश्न

काठमाडौं, भदौ ९ – गुन्डागर्दीका नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठ मारिएको घटना रहस्यमय बन्दै गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीबीच भएका पत्राचारले घटनालाई रहस्यमय बनाएको हो ।

कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैंटे मारिएका थिए । प्रहरी मुठभेडमा घैंटे मारिएको जनाइएको छ । घैंटेले त्यसअघि नै जीवनरक्षा गरी पाऊँ भनेर आयोगमा २७ असारमा निवेदन दिएका थिए । त्यसयता प्रहरी र आयोजबीच पटक–पटक पत्र आदानप्रदान भएको छ ।

घैंटेले निवेदनमा २५ असारमा कपुरधारामा तरकारी बजारमा सादा प्रहरीले पक्राउ गर्न खोजेको तर, अहिलेलाई बाँचिस् अर्को पटकलाई छाडिँदैन’ भन्दै हिँडेको उल्लेख गरेका छन् । उनको निवेदनपछि आयोगले २९ असारमा प्रहरीलाई पत्राचार गरी जानकारी मागेको थियो । आयोगको पत्रमा भनिएको छ,‘कुमार श्रेष्ठको सम्बन्धमा के–कसो भएको हो ? सोको सम्पूर्ण जानकारी यथाशीघ्र उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनुहुन अनुरोध छ ।’

Don Kumar Ghaitaमहानगरीय प्रहरी कार्यालयको मानवअधिकार शाखाले १२ साउनमा आयोगलाई लेखेको पत्रमा घैंटेलाई कुनै समस्या नरहेको उल्लेख छ । महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुशीलकुमार भण्डारीको हस्ताक्षरमा आयोगमा पठाइएको प्रतिउत्तरमा भनिएको छ,‘स्थानीय र कुमार श्रेष्ठसमेतलाई बुझ्दा सादा पोसाकका प्रहरी नै हुन भन्ने यकिन गर्न नसकिएको, स्थानीय तथा पीडितले दिएको हुलियाअनुसार स्थानीय कार्यालयबाट गएर गोप्य रुपमा बुझ्दासमेत दिएको हुलिया मिल्ने व्यक्ति कुनै पनि स्थानीय प्रहरी कार्यालयको नभएको, निजलाई पक्राउ गर्न कुनै पनि प्रहरी कर्मचारी खटाएको नदेखिएको पनि प्रतिवेदनमा पेस गरेको हुँदा सोअनुसार खुलाई पठाएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’ घैंटेले निवेदनमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक र घुमुवा प्रहरी कुमार लामा, कुमार गुरुङ, देवदासलगायतको नाम उल्लेख गरेका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress