प्रहरीको गोली लागि गुण्डा कुमार घैटेको मृत्यु, मृत अवस्थामा अस्पताल ल्याइएको थियो : चिकित्सक

भाद्र ३, २०७२- प्रहरीको गोली लागि गुण्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ । प्रहरी र घैंटेको समूहबीच राजधानीको कपुरधारामा गोली हानाहान भएको थियो ।
गोली लागेर घाइते भएका घैंटेलाई उपचारको लागि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालका चिकित्सकले घैंटेलाई मृत घोषणा गरेका हुन् । प्रहरीको गोली लागि थप दुई जना घाइते भएका छन् । उनीहरु घैंटेको समूहका व्यक्ति भएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले नियमित गस्तीमा रहेको प्रहरीमाथि घैंटे समूहले गोली चलाएपछि प्रहरीले पनि गोली चलाएको जानकारी दिए ।
शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसादले घैटेलाई मृत अवस्थामा ल्याइपुर्‍याइएको बताए ।

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress