मलाई प्रधानमन्त्री नै ठाने : गौरी

काठमाडौ, श्रावण २६ – लामो समयपछि अभिनेत्री गौरी मल्ल कमब्याक भएकी छन् । केहीअघि मात्रै गौरीले आर्यन सिग्देलको अपोजिटमा रहेको ‘होमवर्क’ फिल्मको छायांकन सकाएकी छन् । तर दर्शकसमक्ष भने सो फिल्मअघि नै टीभी सिरिज ‘सिंहदरबार’ मा दर्शकले उनको अभिनय हेर्न पाउने भएका छन् ।

छिरिङरितार शेर्पाको निर्देशन रहेको ‘सिंहदरबार’ मा गौरीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेकी छन् । १३ भागको उक्त टीभी सिरिजको यति बेला छायांकन सकिए पनि त्यसका अनुभव भने गौरीको मस्तिष्कमा ताजै छन् ।

भूकम्प पीडित बसेको शिविरमा ‘सिंहदरबार’ छायांकन गर्दा गौरीलाई साँच्चैको प्रधानमन्त्री ठानेका थिए । ‘जब म स्क्रिप्टअनुसार काम गरिरहेकी थिएँ । कसैले ‘प्रधानमन्त्री आउनुभयो’ भन्यो । त्यसपछि सबै आएर घेरिहाले,’ उक्त बेलाको सम्झना गर्दै गौरीले भनिन्, ‘पहिले त मेरो लवाइले गर्दा प्रधानमन्त्री ठानेका होलान् जस्तो लाग्यो । उहाँहरू म समक्ष आएर आफ्ना दु:खेसो पोखिरहनुभएको थियो । उहाँहरू कपडाले नभई म नै प्रधानमन्त्री भएको ठान्नुभएछ ।’

गौरीले पहिलो महिला प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दा नर्भस भएको बताइन् । ‘अरू मैले एकदमै राम्रो काम गरिरहेको भनेर तारिफ गर्थें । तर नढाँटी भन्नुपर्दा म एकदम आत्तिएकी थिएँ किनभने त्यस्तो भूमिकाको अनुभव पहिले गर्नै पाएकी थिइनँ । आफूले देशकै पहिलो प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेकी छु भन्ने सोच्दै पनि अचम्भित पार्ने रहेछ ।’ यति बेला फिल्म ‘सुब्बा साब’ मा अभिनेता सरोज खनालसँग लिड रोलमा देखिन लागेकी गौरीले थपिन्, ‘भूमिका एकदमै चुनौतीपूर्ण थियो । लाग्छ, यो टीभीमा अनएयर भएपछि महिला नेतृको चाहना धेरै टाढा लाग्नेछैन ।’

गौरीले प्रधानमन्त्रीको भूमिकाका लागि निर्देशक छिरिङले प्रस्ताव गर्नेबित्तिकै दायाँबायाँ नसोची हुन्छ भनिदिएकी थिइन् । ‘त्यसपछि उक्त भूमिकाका लागि मैले तयारी थालेकी थिएँ । नेताहरू बोल्ने, हिँड्ने र उनीहरूले जनतासँग गर्ने साक्षात्कारका बारेमा सूक्ष्म अध्ययन गरेकी थिएँ,’ प्रधानमन्त्रीको चरित्रमा गौरी कतिसम्म डुबेकी रहिछन् भने घरमै पनि प्रधानमन्त्रीकै रूपमा पेस हुने रहिछन् ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress