विवादमा म्याडोना


काठमाडौं, श्रावण १ – उमेरले ५६ वर्ष कटाइसक्यो, तर म्याडोनामा अझै चञ्चलता गएको छैन। वा भनौं, सेक्सी छविबाट अझै पर हटेकी छैनन्। यति बेला उनी एक विवादास्पद फोटो इन्स्टाग्राममा सेयर गरेर तनावको घेरामा परेकी छन्।

धर्मपुत्रका रूपमा पालेका अश्वेत दुई बालकले आफ्ना खुट्टा मिचिदिएको फोटो गायिकाले सोसल साइटमा हालेकी थिइन्। त्यसपछि अमेरिकी गायिकाको इन्स्टाग्राममा तीव्र विरोध सुरु भइहाल्यो। फोटोमा डेभिड रिची र मर्सी जेम्सले सुतिरहेकी म्याडोनाका खुट्टा मालिस गरिदिएको देखिन्छ। फोटोको क्याप्सनमा उनले लेखेकी छन्, ‘आमाको लागि माया।’

Madonnaफोटोले निम्त्याएको विवाद इन्स्टाग्राम हुँदै ट्वीटरसम्म फैलिएको छ। रंगभेदीसमेत टिप्पणी गरिएका छन्। केहीले डेभिड र मर्सी काला जाति हुनुका कारण म्याडोनाले तिनलाई नोकरको जस्तो व्यवहार गरेको आक्षेप लगाउनसमेत भ्याएका छन्। केहीले त तिनलाई नोकर बनाउनकै लागि म्याडोनाले धर्मसन्तानका रूपमा ग्रहण गरेको आरोपसम्म लगाएका छन्।

तर यसबारे म्याडोनाले केही बोलेकी छैनन्। मंगलबार नै सेयर गरिएको उक्त फोटोलाई दुई दिनमै ६७ हजारले ‘लाइक’ समेत गरेका छन्। केहीले उनको पक्षमा कमेन्ट्स पनि गरेका छन्।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress