शंकाको घेरामा रानीबारी हत्याकण्डमा प्रहरीको अनुसन्धान, प्रहरीले फँसाएको आरोपितका परिवारको दाबी

काठमाडौं, असार २७ – पत्रकार सम्मेलनहरुमा यस्ता घटना विरलै हेर्न पाइन्छ जहाँको महौलले पत्रकारलाई पनि स्तब्ध बनाइएको हुन्छ । आइतबार आयोजना गरिएको एक पत्रकार सम्मेलनका आयोजकमध्ये सबैले आफ्नो पीडा सुनाउँदै रोइरहेका थिए । अवस्था हेर्दा कतिपय पत्रकारको पनि आँखा रसाएको थियो । सन्दर्भ हो, १२ वर्षअघि भएको रानीवारी हत्या घटनाको अभियोग लागेका मनराज गुरुङ र प्रमेश चौहानका परिवारले आयोजना गरेको पत्रकार सम्मेलनको । सोही पत्रकर सम्मेलनमा रुवावासी चलेको थियो ।

पत्रकार सम्मेलनमा ‘मनराज गुरुङ र प्रमेश चौहान निर्दोष हो र यसलाई प्रहरीले जर्बजस्ती फँसाएको हो,’ भन्दै मनराजका बुढी आमालाई रोएको हेर्दा कसैको मन थामिएको थिएन । त्यति मात्र होइन त्यहाँ उपस्थित मनराजका श्रीमती ललिता गुरुङं अधिकारी, भाउजु सविना गुरुङ र प्रमेश चौहानका श्रीमती कुमारी चौहान पनि बोल्दा बोल्दै भावविहल थिए ।

यिनीहरुको एउटै भनाई थियो – रानीबारी हत्यामा प्रमेश चौहान र मनराजको कुनै हात छैन तर प्रहरीले जवर्जस्ती फँसाईरहेको छ । उनीहरुले प्रहरीको अनुसन्धानमाथि गम्भिर प्रश्न उठाउँदै झुटो विवरण पेश गरी फँसाउन खोजेको दाबी गरेका छन् ।

१२ वर्षअघि काठमाडौंको रानीबारीस्थित गीता खड्काको घरमा डेरा बस्ने हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या भएको थियो । सोही हत्याको आरोपमा चार महिनाअघि मनराज र प्रमेशलाई पक्राउ गरिएको थियो ।

मनराजकी श्रीमति ललिता गुरुङ अधिकारीले घटना भएको समय र अदालतमा पेश गरिएको कागजात झुटो भएको दाबी गर्दै पत्रकार सम्मेलनमा ती प्रमाणहरु बाँडेका थिए ।

उनीहरुले अदालतमा बिचाराधिन मुद्दालाई गृह मन्त्रालयले सफल अनुसन्धान गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीलाई सम्मान गर्नु अदालतमा बिचाराधिन मुद्दालाई नियतबस प्रभावित गर्न खोजेको दाबी गरे ।

rani-bari-press-meet-2रानीबारी हन्त्याकण्डमा संलग्न भनिएको मनराज र प्रमेशलाई पक्राउ गर्न सफल भएका डिआजी हेमन्त मल्ल ठकुरी, डिएसपी भिम आचार्य र इस्पेक्टर दीपेन्द्र अधिकारीलाई सरकारले सम्मान गरेको थियो ।

मनराजकी श्रीमती ललिताले प्रहरीले अनुसन्धानको क्रममा हत्यारा भनिएका मनराज र प्रमेशलाई रानीवारी हत्याकाण्डको प्रमाण नखोजी राजधानीका कन्ट्रयाक किलर भएको पुष्टि गर्न खोज्ने तर हत्याको योजनाकार र आदेश दिने अभियुक्त पहिचान भइसकेको भने पनि १२ वर्षसम्म गिरफ्तार गर्न नसक्नुले गम्भिर आशंका उत्पन्न भएको बताइन् । यी दुईजनालाई गिरफ्तार गरी गत चैतमा आयोजना गरेको पत्रकार सम्मलेनमा पनि अनुसन्धानमा खटिएका पसिआइवीका डिआइजी हेमन्त मल्लले हत्याका मुख्य योजनाकार फरार छन् अहिले विदेशतिर छन् उनलाई समात्नका लागि अनुसन्धान जारी रहेको बताएका थिए तर १२ वर्ष वितिसक्दा पनि मुख्य योजनाकार अझै समातिएको छैन ।

उनीहरुले पनि रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त भनिएका इश्वर गुरुङ र प्रकाश लामालाई पक्राउ नगरेको, अभियुक्त भनि प्रहरीले पहिले नैं प्रकाशित गरेको स्केचसँग प्रमेश र मनराजको अनुहार नमिलेको, ब्लड ग्रुप नमिलेको भनि सीआईबीको सबैजसो दाबी असत्य भएको दावी गरेका छन् ।

अधिकारीले सिआईबीलाई बयान दिने क्रममा साक्षी भनिएका काठमाडौं २६, सिआईबी ४९ र ५० (प्रहरीले सुराकी गर्न खटाएका सुराकीहरुको सांकेतिक नाम) ले अनुसन्धानको क्रममा प्रहरी समक्ष उक्त घटना मनराज र प्रमेशले घटाएको भनेर कागज गरेको भनिएता पनि अदालत समक्ष बयान दिँदा प्रहरीले आफुहरुलाई जबरजस्ती गरेको बताए ।

rani-bari-press-meet-1सिआइबीका साक्षी ‘काठमाडौं २६’ परिवर्तित सांकेतिक नाम ‘सिआईबी ५०’ ले प्रमेशलाई सोहखुट्टेस्थित एक रेष्टुरेन्टमा २०६८ मा भेटेको र उक्त रानीवारी हत्याकाण्डको बारेमा जानकारी पाएको भनेर बयान दिएपनि उक्त समयमा प्रमेश कारागारमै रहेको र २०६९ साल असोजमा थुनामुक्त भएको तथ्य जिल्ला कारागार दोलखाको रेकर्डबाट पुष्टी हुने ललिताले बताइन् ।

प्रहरीले गुरुङ र चौहानले अकुत सम्पति कमाएको भनि पेश गरेका सम्पति विवरण पनि झुटो र फर्जी भएको उनले दावी गरिन् । उनले भनिन ‘मेरो नाम ललिता अधिकारी हो, श्रीमानको नाम मनराज गुरुङ हो, तर प्रहरीले काठमाडौं मनपा ५ का सुरेश गुरुङकी श्रीमती ललिता गुरुङको धनीपुर्जा पेश गरेको छ, सासु कुमारी गुरुङ भनि पेश गरेको जग्गाको धनीपुर्जामा ससुराको नाम नमिल्ने विवरण पेश गरेको छ ।’ उनले दुबै अभियुक्तको फ्रिङ्गर प्रिन्ट, ब्लड गु्रप प्रहरीले दावी गरे बमोजिम नमिलेपछि तत्काल नमुना संकलन गरी परिक्षण गर्न माग गर्दा अस्विकार गरेकोले प्रहरी अनुसन्धान झनै शंकास्पद बनेको दावी उनीहरुको छ ।

कसरी भयो हत्या ?

घटना बिहानको समयमा भएको थियो । प्रहरीका अनुसार दुईजना युवा (प्रमेश र मनराज) बिहानै श्रेष्ठदम्पतीको डेरामा छिरेका थिए । त्यसअघि पनि कोठा खोज्दै गीतको घरसम्म पुगेको थियो । घर भाडामा लिने कुरा अञ्जलीसँग गरेका थिए तर घरधनी गीता त्यहाँ नभएका कारण त्यो दिन उनीहरु फर्केका थिए । प्रहरीले गरेको अनुसन्धान अनुसार विहान गीतको घरको अगाडि चिया खाएर उनीहरु घरमा पसेका थिए । पहिलो तल्लामा बस्ने अञ्जलीसँग उनीहरुको भेट भयो । ती दुई युवकले गीतको बारेमा सोध खोज गरेका थिए ।

अञ्जलीले गीतालाई तलबाट फोन गर्दा ती युवकसँग भेटन् मानेकी थिइनन् । त्यसपछि ती व्यक्तिले गीता माथि रहेको चाल पाएका थिए । चिया खाने बहानामा अञ्जली र उनका श्रीमानलाई हत्या गरेर माथिल्लो तलामा गएका थिए । गीताले प्रहरीमा दिएको बयानअनुसार आफू बाथरुमको जाली काटेर भागेको बयान दिएकी थिइन् । घरबाट भागेर बाहिरबाट अरूलाई भनेर प्रहरी कन्ट्रोलमा खबर गर्न लगाएकी थिइन् । खबर गरेको करिब आधा घन्टामा प्रहरी घटनास्थलमा पुगेको थियो, जतिवेला श्रेष्ठदम्पतीको मृत्यु भइसकेको थियो भने छोरी छटपटाइरहेकी थिइन् ।

गीता माथि नभेटेपछि उनीहरु बाहिर निस्केर त्यही नजिकै रहेको धारामा रगत सफा गरेर लुगा फेरेर ट्याक्सी चढेर भागेका थिए ।

घटनास्थलमा आधा घन्टामै गीताका व्यावसायिक साझेदार रमेश न्यौपाने पुगेका थिए । प्रहरी पुग्नुअघि नै उनले श्रेष्ठदम्पतीको डेराबाट कागजपत्र लिएर गएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

घटनास्थलबाट प्रहरीले रगत र नौ इन्च लामो खुकुरी बरामद गरेको थियो । प्रत्यक्षदर्शीको बयानबाहेक प्रहरीसँग हत्याराबारे कुनै सूचना थिएन । लिलामायाको हत्या र अञ्जली दम्पत्तीको हत्या प्रकृति एउटै भएको थाह पाएर घटना प्रमेश र मनराजतिर तेर्सिएको थियो । त्यसअघि पनि विभिन्न व्यक्तिलाई आशंका गरी पक्राउ गरेको थियो ।

को हुन् मनराज र प्रमेश ?
रेस्टुरेन्ट व्यवसायमा संलग्न दोलखाका मनराज गुरुङ आफ्ना दाजु उमेशको आडमा काठमाडौमा गुन्डागर्दी गर्थे । चक्रे मिलन समूहमा समेत संलग्न रहेका उनी २०६० जेठ १७ गते राजधानीको गोलढुंगामा म्यानपावर व्यवसायी लीलामाया गिरीको हत्या अभियोगमा पनि पक्राउ परेका थिए । प्रहरीका अनुसार मनराजले ६ लाख रुपैयाँ लिएर प्रमेशको सहयोगमा लीलामायाको हत्या गरेका थिए । प्रमेशले सबै घटनाको जिम्मेवारी आफैं लिएपछि मनराजसहित अन्य आरोपी छुटे । प्रमेशलाई भने आजीवन कारावास भयो । उनी ९ वर्षपछि रिहा भएका थिए ।

लीलामाया हत्या अभियोगबाट उन्मुक्ति पाए पनि उनी विभिन्न आरोपमा पक्राउ पर्ने र छुट्ने क्रम जारी नै थियो ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress