सकियो मोडल हन्टको प्रारम्भिक छनौट


काठमाडौ । मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाउ“दै बिश्व फेसन तथा मोडलिङ जगतमा नेपालको दर्बिलो उपस्थित गराउने उदेश्यले नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ प्रारम्भिक छनौट सकिएको छ ।

शनिबार राधानिमा आयोजित दोस्रो अडिसनस“गै प्रारम्भिक छनौट सकिएको आयोजक नेक्ष्ट मोडलस्ले जनाएको छ । दुई चरणमा भएको प्रारम्भिक छनौटबाट ३५ युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी छानिएका छन् । प्रतियोगीताको अन्तिम तयारिका लागी प्रशक्षिण आगामी बिहिबार अर्थात असार २३ गतेबाट हुने भएको छ ।

रविना डेसराज श्रेष्ठ ( चिफ बिजनेश अफिसर मेघा बैक¬), बिश्व गौतम(फेसन डिजाइनर), निराजन थापा¬ (म्यान हन्ट २०११) , बिष्णु अर्याल मोडल अभिनेतालगायत दोस्रो चरणको छनौटमा निणार्यक रहेका थिए ।

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा सफल मानिएको यो प्रतियोगीता ‘मोडल हन्ट’ नेपालमा पहिलो पटक आयोजना गरिएको हो । नेपाली मुलका युवायुवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता कोसेढुङ्गा साबित हुने आयोजक नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनले भनाई राखे ।
प्रशिक्षणका क्रममा सहभागिलाई अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्सलगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइनेछ ।

शिर्ष सहित दर्जनबढी उप–विधामा पुरस्कृत गरिने प्रतियोगीताको अन्तिम स्पर्धा साउन २३ गते राजधानिमा हुनेछ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress