प्रहरीले पूर्वडिएसपी चन्दलाई अदालतमा उपस्थित गरायो

सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न नेपाल प्रहरीका पूर्व डीएसपी जगदीश चन्दलाई आइतबार आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

भएको ६ बर्षअघिको घटनाका अभियुक्त पूर्व डीएसपी चन्दलाई  महानगरी प्रहरी अपराध महाशाखाले शनिबार नयाँ बानेश्वरस्थित घरबाट पक्राउ गरेको थियो।

चन्दविरुद्ध ईन्टरपोलमा समेत रेडकर्नर नोटिस जारी गरेको थियो। २०६६ माघ २४ गते ४७ वर्षीय शाहको काठमाडौंको लाजिम्पाटमा गोली हानी हत्या भएको थियो।

 जमीम साह हत्यामा सम्लग्न पूर्व डिएसपी जगदीश चन्द पक्राउ

जमीम साहको हत्यामा सम्लग्न रहि फरार भएका नेपाल प्रहरीका पूर्वडिएसपी जगदिश चन्दलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले पक्राउ गरेको छ।
चन्दलाई काठमाडौंको बानेश्वरबाट शनिबार साँझ महाशाखाको टोलीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
उनी पक्राउ परेको एसएसपी सर्बेन्द्र खनालले पनि पुष्टि गरे। उनलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ। राजधानीको लाजिम्पाटमा २०६६ माघ २४ गते जमीम साहको गोली हानी हत्या गरिएको थियो।
प्रहरी उच्च अधिकारीसँग चन्दको उठबस रहेको र त्यत्तिका दिनसम्म उनी लुकेर बस्न सफल भएको स्रोतले जनायो। उनी कहिले दिल्ली, लखनउ र कहिले काठमाडौंमा लुक्दै आएका थिए। खनाल एसएसपी भएर महाशाखामा गएपछि उनी पक्राउ परेका हुन्।
नक्कली सर्टिफिकेटको भरमा प्रहरीमा भर्ना भएको पुष्टी भएपछि उनले जागिर छाड्का थिए। जमिम हत्यामा सहयोग गरेको अभियोगमा कारागारमा रहेका नेपाल प्रहरीका सई प्रकाश क्षेत्री बब्बुसँगको फोन सम्पर्ककै आधारमा २०६६ माघ २९ गतेनै पक्राउ परेपनि जगदिश भने फागुन १८ गतेसम्म खुल्लै हुँदा समेत पक्राउ परेका थिएनन्।
नर्भिकमा अस्पतालमा काम गर्दै गर्दा साह मारिएपछि उनी एक महिनाको बिदा स्वीकृत गराएर फागुन १८ गतेवाट फरार भएका थिए। जमिम हत्याको योजनासहित नेपालमा आएको भारतीय अपराधी बब्लु श्रीवास्तवका मुख्य सहयोगी बब्बुलाई सेल्टरको व्यवस्था गर्ने, उच्च प्रहरी अधिकारीहरु भेटाउने काम उनले गरेका थिए।

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress