मोहिनी मुस्ताङ


वैशाख जोमसोम पुग्दा झमक्क अँध्यारो भइसकेको थियो । कालीगण्डकी किनारस्थित सानो बस्ती लोभलाग्दो लाग्यो । मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वार पनि हो यो । २,८०० मिटर उचाइमा रहेको जोमसोम मनमोहक थियो । चाँदीझैं टल्केका धौलागिरि र नीलगिरि हिमालमाथिको खुला आकाशमा पूर्ण चन्द्रसँगै अनगिन्ती ताराहरू टिलपिलाइरहेका थिए । दृश्य निकै आकर्षक थियो । भोलिपल्ट बिहान झ्यालबाटै खुला हिमालसहित विमानका केही तस्बिर खिच्यौं ।

mustang1जोमसोमबाट मुक्तिनाथसम्मको २६ किलोमिटर छिचोल्न करिब दुई घन्टा लाग्नेमा हामीले दोब्बर समय लगायौं । यात्राका दौरान देखिने हिमाल र पहाडका सुन्दरताले लोभिएर हामी बीचबीचमा रोकियौं । ३,७१० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर क्षेत्रबाट धौलागिरि, नीलगिरि, गणेश, थोरङ्लालगायत हिमाल आँखै अघिल्तिर देखिए । त्यसपछि मोटरमा आधा घन्टामा पुगिने जोङ घुम्न सुझाए स्थानीय युवा युङडुङ छेवाङले । लडाइँका बखत बनाइएको पुरानो किल्ला र बौद्ध गुम्बा रहेको त्यो सानो गाउँ त्यहाँको वास्तविक जनजीवन बुझ्न सहयोगी बन्यो । पर्यटकको मन जिते पनि स्थानीय बासिन्दाको जीवन भने कष्टकर रहेको छेवाङले सुनाए । चिसोले राम्रो उब्जनी नहुने र रूखबिरुवा समेत नसप्रने यो भेगमा कठ्यांगि्रँदो जाडोबाट बच्न आगो ताप्ने दाउराको समेत अभाव रहेछ । उनका अनुसार यातायातको पहुँच र बाक्लिँदो पर्यटकका कारण यहाँको जीवनस्तर भने सुधारिंदै गएको छ ।
mustang5 mustang2 mustang3 mustang4 mustang7 mustang6 mustang8 mustang9

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress