प्रीति जिन्टाले नयाँ प्रेमी भेटिन्


मुम्बई— इन्डियन प्रिमियर लिगमा किङ्ग्स इलेवेन पञ्जाबकी मालिकनी एवं बलिउड अभिनेत्री प्रीति जिन्टाको अनुहारमा पछिल्लो समय छुट्टै चमक देखिएको छ। प्रेमी नेस वाडियासँग ब्रेकअप भएपछि निरास बनेकी उनको अमेरिका भ्रमण बाक्लिएको थियो। हालै उनले आफ्नो जीवनमा ‘समवान स्पेसल’ भएको खुलासा गरेकी छिन्।

preeti Jintaमुम्बई मिरर नामक पत्रिकालाई अन्तरवार्ता दिँदै उनले भनेकी छिन्, ‘म एक गजबको मान्छेसँग सम्बन्धमा छु। अब मसँग मेरो लागि समय छ। क्रिकेटमा अब मेरो उपस्थिति अब जरुरी छैन।’ नेस वाडियासँग सम्बन्ध टुक्रिएपछि प्रीतिको यस किसिमको पहिलो प्रतिक्रिया हो।

पछिल्लो समय उनी बारम्बार लस एन्जलसको भ्रमण गर्दै आएकी छिन्। उनको प्रेमी त्यहीँ भएको बताइएको छ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress