गर्मीमा क्यानोनिङ (फाेटाे फिचर)


पाेखरा, वैशाख ४ – कलकल बगिरहेेको झरना । झरनामा डोरीमा झुन्डिएर झर्नेको ताँती । गर्मी मौसम सुरु भइसकेको छ । यही भएर पनि यतिबेला पोखरा नजिकैको पर्यटकीय गाउँ ल्वाङघलेलको खुदी छहरामा क्यानोनिङको मजा लिने बढेका छन् । पोखराबाट डेढ घन्टाको मोटर बाटो छिचोलेपछि पुगिने कुदी छहरामा छागोमा झुन्डिँदै रमाउन देश विदेशका पाहुना आउँछन् ।

स्थानीय ब्याचलर युवा राम गुरुङले गाउँमै पर्यटकलाई आकषिर्त गराउन क्यानोनिङ भित्र्याएका हुन् । क्यानोनिङ सञ्चालन भएको एक वर्षको अवधिमा धेरैले यहाँको क्यानोनिङको रमाइलो अनुभव गरिसकेको उनले बताए । यसरी रमाउनेमा सेलिबि्रटीदेखि कलेज पढ्ने युवाको जमात बढिरहेको छ । अमेरिकन क्यानोनेयरिङ एकेडेमीले गाउँकै युवालाई तालिम दिएको थियो । र, अहिले उनीहरूले आफ्नै गाउँमै रोजगारी पाएका छन् । क्यानोनिङमा आउनेलाई आत्मविश्वास बढाउनेदेखि गाइडिङ गर्ने काम तिनै युवाले गर्छन् । क्यानोनिङ गर्न आउनेलाई एक दर्जन युवाले सेवा पुर्‍याउँछन् । क्यानोनिङको मुख्य प्रशिक्षक हुन्, लुम्रेका जापान गुरुङ । सुरुमा क्यानोनिङ गर्न आउनेलाई युवा गाइडले ठाउँको वस्तुस्थितिबारे अवगत गराउँछन् ।

canoning1त्यसपछि खेलबारे बि्रफिङ, कान्लोमा नमुना डेमोस्टे्रसन, सुरक्षित भएकोबारे आत्मबल बढाउने गराउँछन् । ‘क्यानोनिङबारे यी सबै जानकारी गराएपछि मात्रै क्यानोनिङका लागि पाहुनालाई तयार पार्छौं,’ गुरुङले भने, ‘क्यानोनिङ शतप्रतिशत सुरक्षित छ, ढुक्क भए हुन्छ ।’ उनले क्यानोनिङले आत्मबल बढ्नुका साथै कसरत, शारीरिक स्वास्थ्य, सन्तुष्टि र साहस जाँच्न मद्दत पुग्ने बताए ।

क्यानोनिङ गर्नेको सुरक्षाका लागि तीन गाइड झरना माथि र तल तम्तयार हुन्छन् । ब्याचलर तन्नेरी अन्तिम गुरुङ, भक्तबहादुर विक, खुसीमान गुरुङ, वासुदेव गौतमले क्यानोनिङ गर्न आउनेलाई गाइड गर्छन् । ‘सुरुमा केही धक मान्नेलाई हौसला दिने गर्छु,’ उनले भने, ‘एकपटक गरेपछि धेरैलाई दोहोर्‍याएर आउने बनाउँछु ।’ पोखराबाट २० किमिको दूरीमा रहेको क्यानोनिङ स्पटमा लाने लैजाने र खाने, बस्ने प्याकेजसहितको व्यवस्था छ ।

क्यानोनिङ गर्नुअघि टाउकोमा हेलमेट, वेटसुट (विशेष किसिमको कपडा) र हारनेस सेट अनिवार्य लगाउनुपर्छ । क्यानोनिङ गर्दा लगाइने यी कपडा सबै विदेशबाट मगाउनुपर्छ । छहराको फेदबाट क्यानोनिङ गर्नका लागि चार मिनेट जति ठाडो उकालो उक्लिनुपर्छ । सिपालु छहराको टुप्पोबाट पाँच मिनेटमै तल र्झछन् भने सिकारुहरूलाई १५ देखि २० मिनेट लाग्ने गरेको प्रशिक्षक बताउँछन् ।

हिजोआज यो ठाउँ पिकनिक स्पटका रूपमा समेत विकास भइरहेको छ । गर्मी सुरु भएसँगै चिसोको अनुभूति गर्न क्यानोनिङ आउने बढ्ने गरेको गाइड बताउँछन् । क्यानोनिङको मजा लिन आउनेले अग्रिम बुकिङ गराउँछन् । क्यानोनिङ गर्नका लागि यहाँ दुई लेवल छन् । भर्खर सिकारुका लागि तयार पारिएको ए लेवल ४५ मिटर छ भने बी लेवलको जमिनबाट ७५ मिटरको दूरी छ ।

ठूलो छाँगोमा डोरीको सहायताले झुन्डिँदै उत्रिने यो खेल जिल्लामा अन्यत्र छैन । यही भएर पनि यहाँको नयाँ पर्यटकीय गन्तव्य बनेको छ क्यानोनिङ । ल्वाङको चियाबारी हेर्ने र मदी हिमाल टे्रक जानेहरू यही क्यानोनिङको बाटो हुँदै जानुपर्छ । ‘यो खेल सुरुवात भएपछि गाउँमा अर्को साहसिक पर्यटकीय गन्तव्य थपिएको छ,’ स्थानीय पर्यटन व्यवसायी सुदीप गौतमले भने, ‘ग्रामीण पर्यटन प्रवर्द्धनमा यसले टेवा पुर्‍याएको छ ।’

नेपालमा सन् २००७ देखि मात्रै यो खेलको सुरुवात भएको हो । नेपालमा लमजुङ मनाङ, सिन्धुपाल्चोकको भोटेकोसी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ खेलको सुविधा छ । गुरुङले तीन वर्षको सफल परीक्षणपश्चात् यस क्षेत्रमा क्यानोनिङको व्यावसायिक खेल भित्र्याएका हुन् । क्यानोनिङ गर्न आउने स्वदेशी तथा विदेशीका लागि क्यानोनिङ, डे ट्रिप र ओभरनाइट स्टे ट्रिप गरेर तीन प्याकेज राखिएको छ ।canoning1 canoning2 canoning3

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress