जाजारकोटमा महामारीबाट थप दुईको मृत्यु, स्थानीय त्रसित

जाजरकोटमा फैलिएको महामारीबाट आज थप दुईजनाको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलङ्गादेखि दुईदिनको पैदलयात्राबाट पुगिने अर्छानी गाविसबाट दिएको जानकारीअनुसार आज बिहान थप दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अर्छानी गाविसको वडा नं २ माको भौताडाँडाका ५० वर्षीया बलबहादुर नेपाली र सोही गाविस वडा नं ७ फलफूलेका ५८ वर्षीया हंशबहादुर शाही रहेका छन्।

यो सँगै महामारीबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। सरकारले महामारी बिस्तारै नियन्त्रणमा आइरहेको बताइरहेका बेला संक्रमण थप फैलिएको छ। दैनिक बिरामीको संख्या बढिरहेको स्थानीय र स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन्। उनीहरुका अनुसार दैनिक लगभग २ सय बिरामी शिविरसम्म आइपुग्छन्। शिविरभन्दा टाढाका सिकिस्त बिरामी घरमै थला परेको स्थानीयले जानकारी दिएका छन्।

बिरामीको संख्या बढिरहेका बेला ‍औषधी अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका कर्मचारीले नै बताएका छन्। उनीहरुका अनुसार बिरामीको संख्या बढिरहेको छ भने शिविरमा थप टोली खटाइएको छ। त्यस्तै, नेपाली सेनाले पनि अस्थाई शिविर राखेर उपचार गरिरहेको छ। प्रभावित क्षेत्र धेरै विकट भएकाले थप उपचारका लागि बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सकिएको छैन।

जाजरकोटमा स्वाइन फ्लु पुष्टि, थप ४ जनाको

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress