‘जाँचको डरले छिनछिनमा पिसाब गर्न जानुपर्थ्यो’


मैले परीक्षा एसएलसी बोर्डबाट दिएको होइन। सन् २००३ मा ओ लेभलबाट दिएको हुँ। तर, जहाँबाट दिए पनि परीक्षा भनेको परीक्षा नै हो। त्यतिबेला म साह्रै नर्भस भएकी थिएँ। राति पनि उठेर पढेँ। जाँचमा यस्तो डर लाग्थ्यो कि छिनछिनमा पिसाब गर्न जानुपर्थ्यो। नतिजा सुनेपछि धेरै नै खुशी भएको थिएँ। किनभने मेरो ए माइनस आएको थियो।

म कहिल्यै कक्षामा सेकेन्ड भइनँ। त्यही भएर एसएलसीमा पास हुन्छु भन्ने कुरामा ढुक्क थिएँ। तर, एसएलसी भनेपछि स्वाभाविक रूपमा डर लाग्दो रहेछ। मेरो एसएलसीको सेन्टर जावलाखेलको सेन्ट मेरिज विद्यालयमा थियो। त्यहाँ कडिकडाउ थियो। हाम्रो पालामा एसएलसी बोर्ड फस्ट र टप टेन भन्ने सिस्टम नै हटाइएको थियो। तर, पनि कसले बढी प्रतिशत ल्यायो भन्ने दाबी भने मिडियाबाट भएको थियो। मसँगै एउटै बेन्चमा बसेर पढ्ने साथी पंकज अधिकारीको नाम बोर्ड टपको रूपमा आएको थियो। त्यो खबरले म उत्साहित भएँ।

स्वरूपराज आचार्य, गायक

पढ्न मन खूब मन पराउँथेँ। हरेक परीक्षाका लागि पहिले नै राम्रो तयारी गर्थें। त्यसैले एसएलसी परीक्षाको अन्तिम घडीमा मलाई त्यस्तो डर पनि लागेन।
एसएलसी सन् २००२ मा रातो बंगला स्कुल, ललितपुरबाट दिएकी हुँ। मैले ७९.८ प्रतिशत ल्याएर पास गरेकी थिएँ।

प्रियंका कार्की, अभिनेत्री

म परीक्षामा कहिल्यै डराइनँ। किनभने, म टप हुनका लागि होइन, पास हुनका लागि पढ्थेँ। एसएलसीको समयमा पनि मलाई त्यति डर लागेन। परीक्षा आउनु एकदुई महिनादेखि स्कुलमै कोचिङ क्लास पढ्थेँ। घरमा पनि त्यही एकदुई घण्टा पढेर एसएलसी परीक्षा दिएको थिएँ। परीक्षाको समयमा ‘इक्जाम हल’ भित्र यसो दायाँबायाँ गरियो होला। मैले २०५२ सालमा लिटिल फ्लावर इंग्लिस स्कुल, बिर्तामोड, झापाबाट ६२ प्रतिशत ल्याएर पास गरेको हुँ।

निश्चल बस्नेत, निर्देशक/अभिनेता
nagarik

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress