यसरी लुकाइयो मोदी–सरिफले हात मिलाएको तथ्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही महिना अघि अमेरिका भ्रमणमा थिए । न्युयोर्कको मेडिसिन स्क्वायरमा आफ्नो प्रशंसक बीच मोदी आफ्नो लोकप्रियताबारे अमेरिकी प्रशासनलाई चुनौती दिँदै थिए । ‘अमेरिकामा पनि मोदीलाई चाहने मानिस कम छैनन् ।’ उनले यस्तै आशयको वक्तब्य दिए । मोदी बोल्दै गर्दा सडकको अर्को भागमा अनुशासित तरिकाले हजारौं प्रवासी भारतीयको एउटा जुलुस मौजुद थियो । ब्यानरमा लेखिएको थियो ‘मोदी द फासिस्ट, स्टप स्प्रेडिङ् हेट इन दि नेम अफ हिन्दुइज्म, मोदी यू क्यान्नट हाइड, यू कमिटेड जेनोसाइड’ । यो भनाइको अर्थ हुन्छ ‘मोदी तिमी छिप्न सक्दैनौ तिमीले जनसंहार गरेका छौ ।’ तर भारतीय मिडियाले मेडिसिन स्क्वायरको मोदीको भाषणबाहेक जुलुसलाई फगत ठान्यो, त्यसैले त्यो समाचार बनेन । यो घटनालाई भारतीय समाचार विमर्शको बजारमा ऐनाको रुपमा लिन सकिन्छ । भारतीय मिडिया त्यतिबेला समाचार खोज्न होइन, मोदीको चुनाव प्रचारमा सरिक हुन गएका थिए, भन्ने बुझाइ त्यतिबेलै बनेको थियो ।

Modi USAप्रसंग १८ औं सार्क शिखर सम्मेलनको । सम्मेलनमा सार्कको एजेण्डाबारे जति चर्चा हुनुपर्ने थियो त्यति भएन । सम्मेलन सुरु हुनुअघि नै सार्कभन्दा भारतीय प्रधानमन्त्री आउने चर्चाले नेपाली बजार तातेको थियो, उनी नर्फकंदा सम्म तातिरह्यो ।

प्रसंग मोदी र सरिफले हात मिलाएको बारे । सार्कसम्मेलन स्थलमा जान नपाएपछि मिडिया सेन्टरमा बस्नु र घरमा लाईभ हेर्नु, घरकै लाईभले जित्छ, हामीले त्यसै गऱ्यौं । सम्मेलन उद्घाटन हुनुअघि होल्डीङ रुममा बसेका मोदी र सरीफले पोज दिई–दिई हात मिलाएको एनटीभीमा देखेपछि हामीलाई लाग्यो ‘ए !!’ ।

बेलुका हाम्रा एक सहकर्मीको मोबाईल बज्यो ‘के हो ! मोदी र सरिफले हातै मिलाएन छन्, हैन ?’ हामी छक्क पऱ्यौं । कसले भन्यो ‘नेपाल दर्पणले समाचार फुकेको थियो ।’ हामीले नेपाल दर्पणलाई कच्चा ठान्यौं र उत्तर दियौं ‘एकछिनपछि मिलाईहाले नी ।’ तर त्यो रात देशभरीका एफएम रेडीयोहरुले हात नमिलाएको खबरलाई प्राथमिकता दिएछन् । भोलिपल्ट बिहान हाम्रा तिनै सहर्मीको मोबाईल बज्दा मोदी र सरिफ धुलीखेल पुगेकै थिएनन् । चाबाहिल हांडीगाउँ बसेर उद्घाटनको लाईभ हेरेका प्रमोद भण्डारीले भने ‘टिभीमा हात मिलाएको मैले पनि देखेको हुँ तर रेडियोले किन उल्टो समाचार भन्यो ?’ हामीलाई पनि त्यहि लागिरहेको थियो । हामी नाजवाफ भयौं । त्यतिबेलासम्म हात मिलाएको भन्दा बाहेकका अन्य कोणका समाचार खोज्न हामी मैदान छिरिसकेका थियौं ।
मोदी र सरिफ धुलीखेलबाट फर्कंदा नफर्कंदै अर्को खबर आयो, हिजो बेलुका कम्बाईन डिनरमा पनि मोदी र सरिफको हात मिलेको थियो । उनीहरुले सोल्टी र धुलीखेलमा बसेर सँगै खाना खाए । हात मिलाईरहे ।
सार्क सम्मेलन समाप्त हुँदा नहुँदै भारतीय टेलीभिजन ‘आज तक’ ले न्युज ब्रेक गऱ्यो ‘हाथ तो मिले दिल कब मिलेगा ?’ नेपाली मिडियाले त्यहि न्युजलाई पछ्याए । एक पाका पत्रकार भन्दै थिए ‘भारतीय मिडियाको बुइ चढेर नेपाली मिडियाले मोदी र सरिफको हात मिलाएको समाचार प्रमुख रुपमा प्रकाशन तथा प्रसारण गरे ।’

Indian PM Talks With Pakistani PMकेही नेपाली मिडीयाहरुले लेखे – सम्मेलन स्थलमा मोदी र सरिफले भाषण गरिसकेपछि पनि हात मिलाएनन् । मोदी र सरीफको बस्ने ठाउँ निकै टाढा थियो यदि सरिफ बोलीसकेर त्यो साँघुरो मञ्चतिर हात मिलाउन कुदेको भए झन् के लेख्थे होलान् मिडियाले ? के मन्तव्य राखिसकेपछि सबै राष्ट्रप्रमुख ले सबैसँग हात मिलाएर रमिता देखाए र ? मन्तव्य राखेपछि आफ्ना दायाँ र बायाँ रहेका अतिथीहरुसँग हात मिलाउने संस्कारलाई दुबैले पालना गरेकै थिए । त्यो सभा सम्मलेनको सामान्य संस्कार पनि हो । अनि सरिफ अथवा मोदी मन्तव्य राखेपछि एक आपसमा बोलेनन रे ! क्या गजबको विश्लेषण गर्छ हाम्रो मीडिया । अरु कोही नबोल्दा हुने अनि मोदी र सरिफ चैं हतार–हतार भाषण गर्ने बित्तिकै बोल्न–बोलाउन गइदिनुपर्ने ?

मोदी र सरिफ कुनै सामान्य सँधियार दाज्यु भाइ होइनन् । की उनीहरुको बीचमा साँधमा गाडेको ढुंंगो सारेको विषयमा विवाद छ, भेट्ने बित्तिकै जुधिहाल्छन् । मिडियाले उनीहरुलाई पशुको फ्रेमबाट हेरे । तर त्यस्तो होइन उनीहरु विश्व राजनीतिका उदयीमान हस्तीहरु थिए । भारतीय मिडीयाले बरु उनीहरु नबोलेको कुरा गरेनन् तर नेपाली मिडियाले भने बोलचालै नभएको भन्दै जनतालाई झुटो सुचनाको भारी बोकाइरहे । संगै बसेर डिनर खाएको देख्दा देख्दै बोल्दै बोलेनन् भन्नु कतिसम्म जायज होला ? नेपाली मिडीयाकर्मीको सामु योभन्दा लज्जाको विषय अरु के हुन्छ ? भारतीय प्रधानमन्त्री निर्वाचित भएपछि मोदीले भनेका थिए । ‘हमारे भविष्य हमारे पड़ोस से जुड़ा हुआ है । इसी कारण मेरी सरकार ने पहले ही दिन से पड़ोसी देशों से मित्रता और सहयोग बढ़ानेके पर पूरी प्रथामिकता दी है । और पाकिस्तान के प्रति भी मेरी यही नीति है । मैं पाकिस्तान से मित्रता और सहयोग बढ़ानेके लिए गंभिरता से शांतिपूर्ण वातावरण में विना आतंकके साये के साथ द्विपक्षिय वार्ता गर्न चाहता हूँ लेकिन पाकिस्तान का भी यह दायित्व है कि उपयुक्त वातावरण बनाए और गंभिरता से द्विपक्षीय बातचीत के लिए सामने आए ।’

यसो भन्ने मोदीले सरिफको अनुहार हेर्दा घिन लागेर पत्रिका हेरेका पक्कै होईनन् । स्रोतका अनुसार उनीहरुले धुलीखेलमा पनि हात मिलाएर संगै खाना खाएका थिए । मिडीयाले गलत फ्रेमबाट मोदी र सरीफको सम्बन्धलाई व्याख्या गरिरहंदा उनीहरुको काठमाडौं बसाईको साक्षी बनेका सुशील कोईरालाले एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिंदै भनेका छन् ‘ सार्क शिखर सम्मेलनमै पनि मिडियाले अनावश्यक रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको कुरा उठाए । उनीहरूले फोटो खिचेनन्, हात मिलाएनन्, वार्ता भएनजस्ता विषयमा मिडियाले तस्बिर राखेर प्रचार गर्यो । यो आवश्यक थिएन । (कोठा) भित्र कुराकानी भइरहेको थियो । चर्चामा आएको भन्दा अगाडी नै तीन पटक गरेर ६० सेकेन्ड भन्दा बढी मिलेको हात गुपचुपमा बिलायो । तर ३२ सेकेन्डको पोज मात्रै ब्रेकीङ न्युज बन्यो । यसमा मोदी र सरिफको के दोष ??

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress