काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन समापन

काठमडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।

बुधबार राजधानीमा सुरु भएको सम्मेलन बिहीबार साँझ ५ बजे सकिएको हो । काठमाडौं घोषणापत्र नाम दिइएको घोषणापत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहितका विषयहरु रहेका छन् । समापन समारोमा १९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने पनि निर्णय गरिएको छ ।

18 SAARC Susil Koiralaत्यस साथै घोषणापत्रमा सार्कलाई १५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउनेलगातका विषयहरु रहेका छन् । सवारी साधन र रेल-वेमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र त्यसको टुंगो लगाएर सम्झौता गर्नेमा आठै राष्ट्र सहमत भएका छन् ।

कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति मात्र भएको बताइएको छ । आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले यसको टुंगो लगाएर छ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गर्ने प्रतिवद्धता जाहेर छ ।

Modi Sarifसार्क सचिवालयलाई अझ बलियो बनाउने निर्देशहरु सचिव स्तरमा पठाउने लगायतको विषयमा सहमति रहेको छ । यद्यपी घोषणापत्रमा भने सार्कको सुदृढिकरण गर्ने र सार्क सचिवालयलाई बलियो बनाउने विषय रहेको छ ।

सार्कमा ब्याप्त आतंकवाद, उग्रवाद र धार्मिक अतिवाद नियन्त्रण गर्नका लागि त्यसको संयन्त्र बनाएर अघि बढ्ने उल्लेख छ। यसअघिका प्रतिवद्धता पुरा गर्नका लागि पनि विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाउने जस्ता विषयहरु परेका छन् । भिसा सरलीकरण जन स्तरको सम्वधलाई स्थापित गराउने विषय पनि यसमा परेको छ । गरिबी, भोकमरी, आतङकवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको नियन्त्रणमा घोषणामा जोड गर्ने भएको छ । शान्ति र समृद्धिको लागि गहन एकता नाराको साथ आरम्भ भएको शिखर सम्मेलन अहिले केही बेरमा सम्पन्न हुनेछ । नेपालले तेस्रो पटकगरेको यो शिखर सम्मेलनले गति दिनेमा सबै ढुक्क छन् ।

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress