म बेकुफ होइन : पारस शाह

फेसबुकमा मैले पछिल्लोपटक १४ सेप्टेम्बर, २०११ मा पोस्ट गरेको थिएँ जस्तो लाग्छ । त्यसपछि र अझ भन्नुपर्दा खासगरी दुई महिनायता घटनाक्रमले अर्कै मोड लियो । लागुऔषधसँग सम्बन्धित घटना, त्यसपछिका शृंखलाबद्ध पक्राउ, जेलचलानलगायत योजनाबद्ध रूपमा गराइएका घटनाका कारण मेरो परिवार र मेरा साथीलाई पनि यी घटना साँच्चिकै देखिएकै रूपमा घटेको हो कि भन्ने परेको छ ।

तपाईंहरूलाई याद छ भने सम्झिनुहोला, मैले म कुन मुद्दा खेप्दै छु भन्नेबारे बताएको थिएँ । त्यसवेला मैले त्यस्तैखालको मुद्दा दोस्रोपटक खेपेको थिएँ । पछिल्लोपटक त्यो मुद्दा हार्न पुगेँ र यसबापत मैले ठूलो मूल्य चुकाउनुपर्‍यो ।

फेसबुकमा मैले के लेखेको थिएँ भन्ने तपाईंहरूले सायद सम्झिनुभयो होला । यदि म गलत छैन भने त्यो ११ सेप्टेम्बर २०१४ को दिन थियो । त्यस दिन मैले मेरा साथीलाई ६ अक्टोबरसम्म मेरो विश्वास गर्न र मसँग रहन भनेको थिएँ । ६ अक्टोबरको दिन अदालतमा मेरो तारेख थियो । समयले सबै कुरा खुलस्त पार्छ भनेर मैले सबैजनासँग भनेको थिएँ ।

मैले यसो भनेपछि सेप्टेम्बरको मध्यदेखि अन्त्यसम्म बैंककमा रहेका मेरी बहिनी र मेरा बेस्ट फ्रेन्डहरू घर फर्किए । उनीहरूसँगै थाइल्यान्डमा बस्ने नेपाली पनि हाम्रो महान् चाड दसैँ मान्न घर फर्किए ।

सबैजना घर गए भनेर मैले गुनासो गरेको होइन । दसैँमा सबैले आफ्नो घर जानैपथ्र्यो । त्यतिवेलै मैले मेरा बुबाज्यूलाई हृदयाघात भएको खबर पाएँ । त्यसपछि मैले मेरी बहिनीलाई बैंककमा थप एक दिन रहन अनुरोध गरेँ । त्यसपछि मैले बुबाज्यूलाई कत्तिको गम्भीर हृदयाघात भएको रहेछ भन्ने बुझेँ । बुझिहेर्दा माइनर आघात परेको र अवस्था गम्भीर नरहेको थाहा पाएँ । त्यसको भोलिपल्ट बहिनी र मेरा बेस्ट फ्रेन्डहरू काठमाडौंका लागि मबाट बिदा भए । जाने बेलामा उनीहरूले भाइटीकामा पुन: बैंकक आउँछौँ भनेका थिए । भाइटीका २५ अक्टोबरमा थियो ।

६ अक्टोबर आयो । मुद्दा लड्न भनेर म बैंककतिर लागेँ । म बैंकक पुग्दा नेपालीसँग बिहे गरेकी मेरी थाइ बहिनी आङ मलाई रिसिभ गर्न विमानस्थल पुगेकी थिइन् । त्यहाँबाट हामी सीधै अदालत गयौँ ।

अदालतमा मबाहेक अरू कोही पनि नेपाली थिएन । मसँग दुईजना थाई वकिल थिए । म एक्लो परुँला भन्ने सोचेर मेरी थाई बहिनी पनि मसँगै आएकी थिइन् । उनलाई अदालतमा चलिरहेको मुद्दाबारे कुनै आइडिया थिएन । ती दुई थाई वकिललाई अंग्रेजी बोल्न आउँदैनथ्यो । म थाई बोल्दिनथेँ । यस्तोमा विचरा मेरी थाई बहिनी चेपुवामा परिन्, जसलाई मेरो केसबारे केही थाहा थिएन । म उनीसँग वकिलहरूसँग भन्दा बढी कुरा गर्ने भएकाले न्यायाधीशले उनैलाई बोलाए र ‘तिम्रो दाजुले यो मुद्दा लड्यो भने ठूलो समस्यामा फस्न सक्छ, त्यसैले सबै आरोपहरू स्वीकार गर्न लगाऊ’ भने । अदालतको सुझाबअनुसार मैले सबै आरोप स्वीकार गरेँ । गह्रौ मन लिएर असन्तुष्ट हुँदै मैले त्यसो गरेँ । त्यो ६ अक्टोबरको दिन थियो ।

त्यो बेलुका बैंककको एउटा होटलबाट मैले अदालतको निर्णयसम्बन्धी कुरा फेसबुकमा पोस्ट गरेँ । ७ अक्टोबरमा उनको (मेरी महिलाको) जन्मदिन थियो । अदालतको निर्णयप्रति असन्तुष्ट रहँदै गर्दा पनि म त्यो दिन पार्टीमा सरिक भएँ । अदालतको फैसलाबाट आफ्नो, परिवारको र देशको प्रतिष्ठामा आँच आउनेछैन भन्ने सोचेको थिएँ । मलाई फसाउन खोजिएको छ भन्ने पुष्टि गर्न सक्ने प्रमाण मसँग छ भन्ने सोचेको थिएँ ।

मैले ती महिला र थाइल्यान्डको कानुन बुझेको चार वर्ष भएको थियो । ७ अक्टोबरको रातिदेखि भोलिपल्ट बिहानसम्म ती महिलासँग मेरो झगडा पर्‍यो । बिहान १२ बजेतिर मलाई उनकै नगरमा उनका भाइले पक्राउ गराए । यसबारे मैले धेरै भन्न मिल्दैन । अदालतमा मुद्दा अझै चलिरहेको छ ।

थाइल्यान्डको कानुनमा कसैलाई पक्राउ गराउन प्रहरीलाई सुराकी गर्नेले पक्राउ परेका व्यक्तिले तिर्ने जरिवानाको ३० प्रतिशत पाउने प्रावधान छ । त्यसैले मेरो परिवा

र र मेरा साथीसँग मेरो विनम्र अनुरोध छ, म बेबकुफ होइन । मसँग यो मुद्दा लड्ने आँट अझै छ । परिवार र राष्ट्रका लागि आफ्नो जीवनलाई दाउमा लगाउन सक्ने साहस मसँग अझै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress