जब मोदी सडकमा उत्रिए


काठमाडौं– सिंहदरबारदेखि नयाँबानेश्वरस्थित संविधानसभा भवनसम्मको बाटो खाली थियो। हरेक ५० मिटर दूरीमा सडक किनारमा प्रहरी खटिएका थिए। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ४ बजे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेट गर्न जाँदै थिए। सबैभन्दा अगाडि ट्राफिक प्रहरीको अगुवा मोटरसाइकल त्यसपछि ट्राफिक प्रहरीको जिप, विशेष सुरक्षा बलको अगुवा गाडी अनि त्यसपछि मोदी सवार भिभिआइपी गाडी थियो।
Madi-baneshwor1-by-PIB-Indiमोदीको कारकेड हेर्न सडक किनार दुवैतिर सर्वसाधारणकोे भिड थियो। कारकेड एलिनाज बेकरी अगाडि पुगेर एक्कासि रोकियो। मोदी बुलेटप्रुफ गाडीबाट बाहिर निस्किए र सर्वसाधारणलाई हात हल्लाए।
मोदी भिडतिर लम्किँदा भारतीय कमान्डोको टोलीले हातको सुरक्षा चेन बनाए। लगत्तै मोदीको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले दोस्रो सुरक्षा घेरा बनायो।
मोदी ओर्लिएपछि सडक किनारको भिड बढेको थियो। ठेलमठेल भएपछि भिड नियन्त्रण गर्न प्रहरीले आफूसँग भएको लौरोको घेरा बनाउनुपरेको थियो। मोदीले सर्वसाधारण केहीसँग हात मिलाए। सर्वसाधारणले भने मोदीको स्वागतमा ताली बजाएका थिए।
मोदी सुरुमा दायाँतिर रहेका सर्वसाधारण गएका थिए। सडक किनारको अघिल्लो लाइनमा रहेका केहीसँग हात मिलाएपछि उनी बायाँ किनारमा रहेका सर्वसाधारणतिर बढेका थिए। केहीसँग हात मिलाएर उनी बुलेटप्रुफ गाडी चढेर संविधानसभा भवनतिर गए। संविधानसभा भवनमा सम्बोधन सकाएर हायात होटल फर्कने क्रममा गाैशाला र चाबहिल चोकको सडक किनारमा सर्वसाधारण उभिएको देखेपछि उनी त्यहाँ पनि उत्रिएका थिए।
modi at chabahilमोदीको भ्रमणको सुरक्षा चुनौती विश्लेषण गर्दै गृहमन्त्रालयले भिभिआइपीको सवारीको आधा घन्टा अगाडि सडक खाली गराउने, सहायक सडकका सवारीसाधन रोक्ने र सीमित मात्रामा मात्रै सर्वसाधारणलाई सडक किनारामा उभिन दिने रणनीति बनाएको थियो।
नेपाली सेनाको दुईवटा हेलिकप्टरले सवारी हुने स्थानको हवाई अवलोकन गरेपछि मात्रै मोदीको कारकेड अगाडि बढेको थियो। कारकेडसँगै भारतबाट आएको स्पेसल कमान्डोसँगै नेपाली सेनाको विशेष कार्यदल, नेपाल प्रहरीको विशेष कार्यदलका सुरक्षाकर्मी खटिएका थिए।
सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मी दुई समूहमा थिए। दुवै समूहले आफ्नो समूहको पहिचालनका लागि अलग–अलग रङको कोट लगाएका थिए। विशेष कमान्डोले कालो कोट र कालो, निलो, सेतो क्रस टाई लगाएका थिए। केही भारतीय सुरक्षाकर्मी कालो चस्मामा देखिएका थिए। अर्को समूह खरानी रङको कोटमा थियो भने उनीहरूले रातो क्रस टाई लगाएका थिए।
मोदीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमध्ये सेनाको विशेष कार्यदलका भने दौरा–सुरुवाल र कालो कोटमा थिए। नेपाल प्रहरीबाट खटिएकाहरू गाढा खैरो कोटमा थिए। भिड नियन्त्रणको जिम्मेवारी पाएका प्रहरीहरू भने पोसाकमै थिए।
सुरक्षास्रोतका अनुसार प्रहरीको तर्फबाट मोदीको सुरक्षामा भिभिआइपी तालिम दिइएका सुरक्षा महाशाखा र विशिष्ट प्रकृतिको सुरक्षा तालिम पाएका विशेष कार्यदलको जनशक्ति प्रयोग भएको छ। सशस्त्र प्रहरी कारकेड रुटमा पर्ने अग्ला भवन, पुल, कल्भर्टको सुरक्षामा देखिन्थे। तस्बिरहरु : पिअाइबी भारत/भारतीय दूतावास
Madi-Chabahil-by-Indian-Emb

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress