कोरोनाको संक्रमण फैलिन नदिन देशभर आइसोलेसन वार्डको स्थापना


१४ चैत, काठमाडौं । कोरोनाको संक्रमण फैलिन नदिन देशभर आइसोलेसन वार्डको स्थापना गरी विदेशबाट फर्केकाहरुको पहिचान र क्वारेन्टिनमा राख्ने काम भैरहेको छ । यसैगरी कतिपय ब्यक्ति स्वयं आइसोलिनमा बसेका छन् ।

यसक्रममा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । सँगै आएका यात्रुको विवरण सार्वजनिक भएपछि क्वारेन्टिनमा राखिएको हो ।

यसैगरी कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते झापाको बाह्रदशी गाउँपालिका–१ निवासी एक व्यक्तिसहित पाँच जना पनि क्वारेन्टाइनमा राखिएको छ । सो उडानमा आएका भनिएका झापाका पाँचै जना स्वास्थ रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको झापाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ ।

यसैबीच यही चैत ६ गते एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण गराउँदा स्थिति सामान्य रहेकाले होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राखेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा जानेको सङ्ख्या पनि वृद्धि भएको छ । जिल्लाका आठवटा क्वारेन्टाइनमा प्रायः भारतबाट आएकालाई राखिएको छ ।

यसैगरी स्याङजाको वालिङ क्षेत्रमा करिव ८० जनालाइ घरमै आइसोलेसनमा राखिएको छ भने धादिङमा विभिन्न देशबाट फर्किएका ३२ जनालाइ क्वारेन्टिनमा राखिएको छ । देशभरका स्थानीय तहले वडास्तरमै पुगेर विदेशबाट फर्केकाहरुको पहिचान र स्वास्थ्य परिक्षण गरी आवश्यकता अनुसार क्वारेन्टिन र आइसोलेसनमा राख्ने काम गरिरहेका छन् ।-

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *