घरमै बसेर जीवन रक्षा गर्न राष्ट्रपतिको आह्वान


१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गरेकी छन् । बुधबार एक सन्देश जारी गर्दै उनले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् ।

‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु’ राष्ट्रपतिले भनेकी छन् ।

उनले लकडाउनको अवधिमा घरमै बस्नुपरेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन पनि आग्रह गरेकी छन् ।

‘यस समयलाई हामी सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ’ राष्ट्रपतिले अपिलमा भनेकी छन् ।राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेकी छन् ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *