भारतबाट फर्किएका धादिङका १६ जना गल्छी क्वारेन्टाईन भर्ना


विवेक अर्याल
१२ चैत, धादिङ ।
भारतवाट फर्किएका धादिङको गल्छी गाँउपालिका स्थित् गोगनपानीका १६ युवाहरुलाई गल्छी बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ ।

भारतवाट फर्किएका मध्यको १ जनालाई ज्वरो आएपछि १६ जनालाईनै क्वारेन्टाईनमा राखिएको गल्छी गाउँपालिकाको स्वास्थ्य प्रमुख राम प्रसाद ज्ञवालीले बताए । स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ ।

यदी ज्वरो आएको ब्यक्ती तथा अन्य ब्यक्तीमा जटिल समस्या देखिए काठमाण्डौ लैजाने ब्यबस्था मिलाईएको समेत स्वास्थ्य प्रमुख ज्ञवालीले बताए ।

यता क्वारेन्टाईनमा राखिएकाहरुलाई खाना र खाजा लगायतकोे व्यवस्था गाउँपालिकालनैे गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।

यस अघीनै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैरेनी स्थित् बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको समेत अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।

खुल्लामञ्चमै टेन्ट राखेर क्वारेन्टाइन

जिल्ला सदरमुकाम धादिङबेसीमा खुल्ला मञ्चमै टेन्ट राखेर थप क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई राख्नका लागी खुल्ला मञ्चमा ४० ओटा टेन्ट राखेर क्वारेन्टाइन बनाइएको हो । जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा क्वारेन्टाइन तयार गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रजिअ. अस्मान तामाङले बताए ।

१ सय टेन्ट व्यवस्था गर्ने योजना रहेपनि त्यतिको संख्यामा टेन्ट पाउन नसक्दा ४० ओटा टेन्टमा क्वारेन्टाइन व्यवस्था मिलाइएको समेत प्रजिअ. तामाङले बताए ।

उपलव्ध भएको ६० ओटा टेन्ट मध्ये ४० ओटा टेन्ट खुल्ला मञ्चमा तयारी अबस्थामा राखिएको छ भने २० ओटा टेन्ट आपतकालिन अवस्थामा जहाँसुकै राख्न सकिनेगरी व्यवस्था मिलाइएको तामाङले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै व्यवस्थापन गरेको पनि प्रजिअ तामाङ बताए ।

सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न स्थानिय तहसंग छलफल गरी धादिङका विभिन्न स्थानमा क्वारेन्टाइन समेत बनाएको प्रजिअ तामाङ बताए ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *