सामान बोक्ने कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ, १० घण्टादेखि कन्टेनरमै !


१२ चैत, वीरगञ्ज । कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए ।

उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् । मंगलबार मध्यराती वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको उक्त कन्टेनरमा काठमाडौं, चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थियो ।

त्यस्तैगरी लक डाउनको पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने २९ वटा सवारी साधन नियन्त्रणमा लिई ५/५ सय रुपैया जरिवाना तिराएर साझमात्र छाडिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

पहिलो दिन वीरगञ्जमा लकडाउन अवज्ञा गर्ने करिब २ सय जनालाई नियन्त्रणमा लिई सचेत गराएर छाडिएको उहाँले बताउनु भयो । दोश्रो दिन भने लकडाउनलाई पहिलो दिनभन्दा कडा पारिएकाले वीरगञ्ज बजार सुनसान देखिएको छ । बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले छाडेको छैन ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *