संकटको समयमा ‘चीन नेपालको साथमा’


११ चैत्र, काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको सङ्क्रमण रोक्न आवश्यक सबै सहयोग गर्ने बताएको छ ।

नेपालमा एक जनामा सङ्क्रमण भएको पुष्टी भए लगत्तै सबै क्षेत्र बन्द गरिएपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै नेपालमा लागि चीनिँया राजदूत होउ यान्छीले कोरोना विरुद्धको लडाईमा चीन नेपालसंगै रहेको बताउनु भएको हो ।

राजदूत यान्छीले चीनले नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी भइरहेको पनि जानकारी दिनुभएको छ ।

आफ्नो सन्देशमा राजदूत यान्छीले नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्नुभएको छ ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेख्नुभएको छ ।।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *