लामो दुरीका सार्वजनिक यातायात सेवा आजबाट बन्द


१० चैत, काठमाडौं । लामो दुरीका सार्वजनिक यातायात सेवा आजबाट बन्द भएको छ । कोरोना संक्रमणको सतर्कताका लागि आजदेखि केही अवधिका लागि देशभर चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो ।

तर दैनिक उपभोग्य बस्तुको निर्यात र ढुवानीमा प्रतिबन्ध नलागेको सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै राष्ट्रको नाममा गर्नुभएको सम्बोधन अनुसार आजबाट लामो दुरीका सार्वजनिक यातायात सेवा संचालनमा रोक लगाइएको हो । सरकारले सबै अन्तरार्ष्ट्रिय उडान हिजोबाट नै बन्द गरेको छ । अन्तरार्ष्ट्रिय उडान हिजोबाट यही चैत १८ गतेसम्मका लागि बन्द गरिएको हो ।-

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *