आज – १० चैत्र २०७६ सोमवार को राशिफल


मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझदेखि अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अनियन्त्रित खर्च बढ्न सक्छ।

बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। साँझतिर दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। कामबाट मनग्गे फाइदा उठाउन सकिनेछ।

मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। साँझदेखि तारिफयोग्य कामले प्रतिष्ठा दिलाउनेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ।

कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बेलैमा समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। आफैं प्रयास गर्दा काम रोकिने समय रहेकाले शुभचिन्तकहरूलाई अघि बढाउनुहोला। प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

सिंह – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। साँझदेखि अरूका काममा अलमलिनुपर्ला। नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ । विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। वादविवादले साथीभाइ टाढिन सक्छन्।

कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ । अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले पनि चिन्तित तुल्याउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले पुरुषार्थी काम सम्पादन हुनेछ।

बृश्चिक – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले विशेष उपहार समेत दिलाउन सक्छ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। साँझतिर कामको चाप बढ्नेछ र घरेलु समस्याले पनि सताउन सक्छ।

मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कुम्भ – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले मात्र फाइदा दिलाउनेछ।

मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन हुनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *