पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना


काठमाडौं। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। उनी बुधबार राति ८ बजे बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भएको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

‘ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो। कतै रगत जम्यो कि भन्‍ने चिकित्सकको आशंका थियो। तर सबै परीक्षण सामान्य देखियो,’ उनले हाम्रा सह्कर्मी जीवन शर्मालाई भने। 

अहिले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अवस्था सामान्य रहेको उनले बताए। ‘चिकित्सकको सल्लाहमा आजै डिस्चार्ज गरिनेछ। हामी त्यसकै प्रक्रियामा छौं,’ उनले भने।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *