जापान ओलम्पिकको विषयमा खेलाडीसंग परामर्श


०६ चैत्र, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जापानमा हुने तय भएको टोकियो ओलम्पिक २०२०मा सहभागि हुने खेलाडीहरुसंग रचनात्मक छलफलको आयोजना गरेको जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण ओलम्पिक खेल हुने की नहुने भन्ने दुविधाकै बीच विश्व ओलम्पिक कमिटीका पदाधिकारीहरुले खेलाडीहरुसंग परामर्श गरेका हुन् ।

कमिटीका अध्यक्ष थोमस बाचले विश्वभरका २२० जना खेलाडीहरुको सहभागीता रहेको छलफलमा खेलाडीहरुले खेल र प्रतिवन्धका सम्वन्धमा विभिन्न प्रश्नहरु राखेको बताउनुभएको छ ।

तर आफूहरुले ओलम्पिक प्रतियोगिता शुरु हुन अझै चार महिना बाँकी रहेको भन्दै धैर्य गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

कोरोनाको डरले विश्वका खेल प्रतियोगिताहरु एक पछि अर्को गर्दै स्थगित भइरहेपनि जुलाइ २४ मा उद्घाटन हुने तय भएको ओलम्पिक भने आयोजना गर्ने कमिटीले जनाएको छ । यद्यपी प्रतियोगिता स्थगित नगरिएपछि ओलम्पिक कमिटीको विश्वभर आलोचना भइरहेको छ । यसैबीचओलम्पिक ज्योती ग्रीसको एथेन्स शहरबाट जापानको टोकियो ल्याउन लागिएको छ ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *