रतन तिरुवा भन्छन् : प्रचण्ड मेरो प्रिय नेता हुनुहुन्छ, आवेगमा घट्ना भयो

‘म सहिद परिवारकै सदस्य हुँ, यत्रो दिन हिरासतमा नराखेको भएपनि हुन्थ्यो’
‘अहिलेसम्म सुरक्षासम्बन्धी थ्रेट आएको छैन्, तर सुरक्षाको प्रत्याभूतिको आह्वान गर्छु’‘
नेताहरुले देश बनाउने काम गर्नुपर्छ, म देश भत्केको हेर्न चाहन्न’

०५ चैत्र, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको आरोपमा पक्राउ परेका जुम्ला सिन्जाका रतन तिरुवाले आफ्नो आवेश र आवेगका कारण उक्त घट्ना घटेको स्पष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्ड आफ्नो प्रिय नेता भएको समेत बताए ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट आज अपरान्ह ५ सय धरौटीमा रिहा भएलगत्तै तिरुवाले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भने,‘म विद्यार्थी हुँ, कर्णालीबाट अध्ययनको लागि नै काठमाडौं आएको हुँ। एउटा विद्यार्थी हुनुको नाताले आफ्नो राज्यप्रति, भूमीप्रति, देशप्रति माया र प्रेम गर्न पाउनु अथावा गर्नु स्वभाविकै कुरा हो ।’

तिरुवाले आफू जनयुद्धको सहिद परिवारको सदस्य समेत रहेको स्पष्ट पारे । उनले भने,‘प्रचण्ड मेरो लागि प्रिय लिडर हो । तर, त्यहाँभन्दा अझ प्रिय सत्यता छ । संसार सत्यतातिर छ । म पनि युवा हुनुको नाताले सत्यतिर लागिरहेको थिएँ । उहाँमाथि जुत्ता प्रहार गर्ने कुनै मेरो ईन्टेन्शन थिएन् । म एउटा सामान्य मान्छे हुँ । एउटा गरिबको छोरा हुँ । कर्णालीबाट पढ्न आएको हुँ । लोकसेवा स्टुडेन्टपनि हुँ । हिजो जनयुद्धदेखिको अहिलेसम्मको बाटो हेर्दै गर्दा कतै कहीँ चुकेकोजस्तो, उहाँ चाहीँ आफ्नै लिडर भएको नाताले, केही कमिकमजोरीहरु देखिँदा युवाको नाताले आवेग, आक्रोश हुनु स्वभाविक होजस्तो मलाई लाग्छ ।’ उनले आफू ५ सय धरौटीमा रिहाई भएको समेत जानकारी दिए ।

उनले थपे,‘अर्को कुरा, दुर्घटना हुनु एकदम दुःखद् कुरा हो । तर, नचाहँदा नचाहँदैपनि घट्नाहरु हुन्छन् । घट्छन् । त्यही भएको हुनाले अब यस्तै हो । दुर्घटना भैहाल्यो । भएरपनि १७, १८ दिन भित्र बसेर आज रिहा भएको छु । अरु यस्तै हो । ठीक छ । भोलि, पर्सी बोल्दै गरौंला ।’

उनले आफूलाई सोही प्रकरणमा यत्रो दिन हिरासतमा नराखेको भए हुनेथियो भन्ने आशय व्यक्त गरे । उनले भने,‘मेरो स्वास्थ्यपनि ठीक छैन् । पछि, कुरा गरौंला ।’ उनले आफू सहिद परिवारको सदस्य भएको सुनाउँदै आफुहरुको छुट्टै पीडा र व्यथा रहेको दुःखेसो पोखे । उनले दोहोर्याए,‘म आवेग र आक्रोशमा आएँ । हुन त उहाँहरुले मलाई त्यहीँबाट छोड्नपनि सक्नुहुन्थ्यो । यत्रो दिन हिरासतमा नराखेको भएपनि हुन्थ्यो ।’

उनले आफूले ठूलो कुरा नभएर अपमान मात्रै गर्न खोजेको जिकिर गरे । उनले भने,‘म आवेग र आक्रोशमा आईहालें । मैले मिस्टेक गरिसकेको थिएँ । तर, उहाँले त्यहीँबाट पनि छोड्न सक्नुहुन्थ्यो क्या । तर, मलाई यत्रो दिन हिरासतमा राखियो । उहाँले ल ठिक छ त भनेर भनेको भए त्यतिवेला छाड्न सकिन्थ्यो । यसलाई म गम्भिरको रुपमापनि लिँदिन् । देशको परिस्थिति त्यही छ । त्यहीअनुसार मलाई त्यहाँभित्र राखियो । र, आज छोडियो । त्यसमा मेरो केही भन्नु छैन् ।’

तपाई भाईरल भैसक्नुभएको छ ? अब तपाई सक्रिय राजनीतिमा लाग्ने कि सामान्य जीवन व्यतित गर्ने भनेर सोधेको प्रश्नमा तिरुवाले भने,‘यस्तो छ म एउटा विद्यार्थी हुँ । अहिलेको टाईम भनेको नै शिक्षा ग्रहण गर्ने टाईम हो । म पढिराख्या छु । मैले सर्बेतिरको अमिनी सकेर लोकसेवाको तयारी गरिरहेको छु । प्लस टु पनि गरेको छु । अहिले म विद्यार्थी हुँ । पढिरहेको छु । भोलि के हुन्छ ? कसले कहाँ देखेको हुन्छ र ?’

उनले आफूले प्रचण्डसँग धेरैपटक भेटवार्ता गरेको समेत स्मरण गराए । उनले भने,‘मैले भनिहाँले, उहाँ मेरो प्रिय नेता हो । धेरैपटक उहाँसँग भेटेको छु । उहाँ प्रिय नेता हो, तर त्यहाँभन्दापनि ठूलो सत्यता छ । जनता सत्यताको खोजीमा छन् ।’

उनले देशका सबै नेताहरुले देश बनाउनकोलागि काम गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘सबै नेताहरुले देश बनाउने काम गर्नुपर्छ । लोककल्याणकारी काम गर्नुपर्यो । एउटा युवाको नाताले पनि हाम्रो चासो त्यही हुन्छ । हामी देश बनेको हेर्न चाहन्छौं । भत्केको हेर्न चाहँदैनौं ।’ उनले प्रचण्डमात्रै नभएर शेरबहादुर देउवाले पनि अब मोडिफाई गरेर जानुपर्ने सल्लाह दिए ।

उनले आफूलाई अहिलेसम्म सुरक्षासम्बन्धी कुनै धम्की नआएको नसुनाए । तर, भोलिको बारेमा भन्न नसक्ने उनले सुनाए । उनले भोलिका दिनमा व्यक्तिगत रुपमा सुरक्षाको प्रत्याभुतिको लागि भने सरकारसमक्ष आह्वान गरेका छन् ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *