‘परदेशी २’ मा दीलिपको इन्ट्री


कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा नृत्य र अभिनयमा निपूर्ण मानिने अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । फिल्ममा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् ।

उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।  दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गर्दै सपुतले लेखेका छन्, ‘बोल माया’ र ‘गलबन्दी’ गीतको यो सिन र डाइलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिएँ ।

म वास्तवमै नायक दीलिप रायमाझीको ठूलो फ्यान र उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आइडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु ।’  उनले दीलिप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेको पनि लेखेका छन् । उनी लेख्छन्, ‘आज शुटिङ भइरहदा पनि घरी-घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ? कि म गहिरो निन्द्रामा छु र मिठो सपना देखिराछु ? हँ ?’ अभिनेता दीलिप रायमाझीले पनि ‘परदेशी’ सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । 

गएको दुई हप्तायता पोखरामा छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । रमेश वि.जीको कथा तथा पटकथा रहेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा फिल्म आधारित हुनेछ ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *