मलाइकाको फोटोमा फराहको अपशब्द


मुम्बई : बलिउड अभिनेत्री मलाइका अरोरा सोसल मिडियामा प्रायः आफ्ना हट तस्बिर फ्यानको साथमा सेयर गरिरहन्छिन्। उनका तस्बिर तथा भिडियो इन्टरनेटमा आउनेबित्तिकै भाइरल हुन्छन्।

हालै मलाइका एक कार्यक्रमको क्रममा हाई स्लिट ड्रेस लगाएर उपस्थित भइन्। मलाइका यो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी थिइन्। मलाइकाले यो कार्यक्रमका लागि फेसन डिजाइनर जियोरगेज चक्रको गाउन चुनेकी थिइन्।

मलाइकाले यो आउटफिटमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेकी छन्। उनका यी तस्बिरमा फ्यानका साथै बलिउड सेलिब्रिटीले पनि खुलेर प्रतिक्रिया दिएका छन्। मलाइकाको तस्बिरमा उनकी मित्र तथा निर्देशक फराह खानको प्रतिक्रिया चर्चामा छ। फराहले मलाइकालाई उडाउँदै लेखेकी छन्, ‘कमिनी यो पहिरन आज रातिको गेम पार्टीमा लगाएर आउनू।’

फराहको यो प्रतिक्रियामाथि फ्यानले धेरै कमेन्ट गरेका छन्। मलाइका अहिले व्यक्तिगत जीनका कारण चर्चामा छिन्। मलाइका र अर्जुन कपुरको विवाहको खबर बारम्बार आइरहन्छ। उनी अहिले डान्स रियलिटी सो ‘इन्डियाज बेस्ट डान्सर’ को निर्णायक छिन्। 

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *