एशिया-११ टोलीमा सन्दीपको नाम


१४ फागुन काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीको अवसरमा बंगलादेशमा आयोजना हुने टी-ट्वान्टी सिरिजमा खेल्ने भएका छन् । मार्च १८ र २१ मा ढाकामा हुनेसिरिजमा खेल्ने एशियाली खेलाडीहरुको छनौट गरी बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको एशिया-११ टोलीमा सन्दीप पर्न सफल भएका हुन् ।

एशिया-११ टोलीले विश्व क्रिकेटका हस्तीहरु समावेश भएको विश्व-११ टोली विरुद्ध खेल्नेछ । १४ सदस्यीय टोलीमा नेपालबाट छनौटभएका सन्दीप एसोसिएट राष्ट्र मध्येकै एकमात्र खेलाडी हुन् । एशिया-११ टोलीमा सन्दीपसंगै भारतका विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन पनि रहेका छन् । यसैगरी क्रिकेटर तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान पनि सादीपकै टोलीमा रहेका छन् ।फाफ डु प्लेसिसको कप्तानीमा रहेको विश्व-११ टोलीमा भने क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन लगायत छन् ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *