अर्को साता तालिवान र अमेरिकाबीच शान्ति सम्झौता हुने


१० फागुन, काठमाडौं । अमेरिका र विद्रोही लडाकू समूहतालिवानबीच अर्को साता शान्ति सम्झौता हुने भएको छ ।

अफगानिस्तानमा हिंसा घटाउने सहमतिका आधारमा फेब्रुअरी २९ मा तालिबानी समूहसँग सम्झौता गर्ने तयारी भइरहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताउनुभएको छ ।

शान्ति सम्झौताको आधार तयार गर्ने क्रममा तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले शनिबार देखि नैहिंसात्मक गतिविधिलाई रोक्ने सहमति भएको बताइएको छ ।

सम्झौताले अफगानिस्तानमा १८ वर्षभन्दा लामो समय देखि जारीरहेको द्वन्द्व सधैका लागि अन्त्य गर्ने विश्वास लिइएको छ ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुखले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गर्नुभएको छ । उहाँले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको पनि बताउनुभएको छ ।।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *