म्हेन्दोमाया कलाकार संघ धादिङद्धारा दुबै मृगौला फेल तामाङलाई आर्थिक सहयोग


विवेक अर्याल
६ फागुन, धादिङ ।
म्हेन्दोमाया कलाकार संघ धादिङले दुबै मृगौला फेल भएका तारा थापा तामाङलाई आर्थिक सहयोग गरेको छ । विगतमा आसामाया तामाङ, राम्रीमाया श्रेष्ठ र सन्जिव तामाङ बचाउ अभियान संचालन गरि प्रशंशा कमायको म्हेन्दोमाया कलाकार संघ धादिङले यसपटक दुबै मृगौला फेल भएर सहिद मेमोरियल हस्पिटल कलंकीमा उपचारत उत्तरी धादिङको खनियाबास १ निबासी तारा थापा तामाङलाई रु.२७ हजार १ सए ३५ रुपैयाँ सहयोग गरेको हो ।

म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष सन्दिप स्याम्चेन तामाङको नेतृत्वमा भएको तारा थापा तामाङ बचाउ अभियानमा संकलित रकम बिरामी तारालाई हस्तान्तरण गरिएको छ ।

आर्थिक अवास्था कमजोर रहेका ताराले नयाँ जिवन जिउने आशा राख्दै आफुहरुले सहयोग गरेको म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष सन्दिप स्याम्चेन तामाङले बताए ।

आर्थिक अवास्था कमजोर रहेका ताराको ज्यान बचाउन भन्दै तामाङले सहयोगका लागी सबैसामु अपिल समेत गरेका छन्

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *