राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नू

काठमाडौं– संसदको राज्यव्यवस्था तथा सुशासन समितिले महाकाली नदीको लिम्पियाधुरासहितको भू–भाग समेटेर नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार समितिको बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, भूमि ब्यवस्था तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई डाकेर छलफल गरिएको थियो । 

छलफलको अन्त्यमा समिति सभापति शशि श्रेष्ठले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गर्न समितिको तर्फबाट निर्देशन दिएकी छिन् ।  उनले भारतले नेपालको भू–भागमा हस्तक्षेप गरेको अवस्थामा नेपाल सरकार अविचलित र दृढ रहेकोमा धन्यवाद समेत दिइन् ।

उनले भनिन– ‘काली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भू–भाग नेपालकै हो र महाकाली नदीको मुहान लिम्पियाधुरा नै हो भन्नेमा सरकारको प्रष्ट र दृढ अडान रहेकोमा त्यसको सरहना गर्दै सरकार र त्यसका सम्पूर्ण अंग, राजनीतिक दल, राजनीतिक एवम् सामाजिक संघ संगठन आम नेपाली जनसमुदायलाई एकताबद्ध भई राष्ट्रियताको पक्षमा दृढतापूर्वक भई उभिन राज्यव्यवस्था समिति हार्दिक अपिल गर्दछ ।’  

लिम्पियाधुरा रहेको कालीनदी (महाकाली) पूर्वको भू–भाग होे भन्ने भौगोलिक र ऐतिहासिक तथ्यहरुलाई स्वीकार गर्दै उत्त क्षेत्रमा नेपालको सर्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय राजनीतिक एवं कुटनीतिक पहल गर्न समितिले अर्को निर्देशन दिएको छ । 
 

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *