एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो

बीबीसी/राहुल वर्मा

सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो । 

तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो । 

त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण । रामायण आउने दिन घरका हजुरबुवा, हजुरआमा, काका, काकी र अन्य भाईबहिनीसँग टिभी अघि बस्थेँ । हिन्दूहरुको धार्मिक काव्य रामायणलाई रामानन्द सागरले टेलिफिल्ममा रुपान्तरण गरेका थिए । रामायण युवराज राम, उनको १४ वर्षे वनबासको कथा वरिपरि केन्द्रित हुन्छ । वनबासको समयमा अपहरणमा परेकी श्रीमती सीताको बचाउमा रामले गरेको संघर्ष पनि कथाको केन्द्रमा छ ।

वनबास सकाएर रामको अयोध्या फिर्तीलाई अँध्यारोमाथिको उज्यालोको जित मान्दै दीपावली मान्ने हिन्दू, सिख र जैनमा चलन रहेको किम्बन्दी नै छ ।

सन् १९८७ र सन् १९८८ का १८ महिनाको अवधिमा रामानन्द सागरद्वारा निर्मित रामायण ७८ हप्ता चल्यो । ४५ मिनेट चल्ने रामायणका एपिसोड आइतबार बिहान भारतभरीको एकमात्र टेलिभिजन च्यानल दुरदर्शनमा आउने गथ्र्यो ।

रामायण भारतको टेलिभिजन इतिहासको सबैभन्दा लोकप्रिय टेलिफिल्म साबित भयो । यसको सबैभन्दा चर्चित एपिसोडहरु ८ करोडदेखि १० करोड मानिसले हेरेको मानिन्छ, जुन देशको कुल जनसंख्याको लगभग आठको एक भाग हो ।

रामायण सुरु हुनु अघि कसैले पनि यो टेलिफिल्म श्रृङ्खला साप्ताहिक भक्तिमा रुपान्तरण होला भनेर सोचेका थिएनन् । न्युयोर्क विश्वविद्यालयका मिडिया अध्ययनका प्राद्यापक अर्विन्द राजागोपालले रामायणको सामाजिक र राजनीतिक प्रभावबारे अध्ययन गरेका छन् । उनका अनुसार रामायण प्रसारण हुँदा ती दिन उत्तर भारतको सार्वजनिक जीवननै ठप्प हुन्थ्यो ।

‘रेल स्टेशनमा रोकिन्थ्यो, बस चल्दाचल्दै रोकिन्थे । यात्रुहरु सडक छेउमा रहेको टिभी हेर्न रेल र बसबाट ओर्लन्थे । धेरै भिडका कारण मानिसहरु टिभीको चित्र हेर्न वा आवाज सुन्न सक्दैनथे तर त्यसको कसैलाई मतलब हुँदैनथ्यो । किनकि मुख्य कुरा आफू त्यहाँ उपस्थित हुनुलाई मानिन्थ्यो ।’

टिभीको पर्दा पूजा

बीबीसीका सम्वादाता सौतिक विश्वासले सन् २०११ लेखेका रामायाण प्रासारण हुँदाको संस्मरणमा भनेका छन्, ‘सन् १९८० को दशकको बीचतिर आइतबार बिहान भारतका झण्डै सबैजसो पसलहरु बन्द हुने गरेको मलाई सम्झना छ । सकडहरु सुनसान हुन्थे । टिभीमा रामायण सुरु हुनुअघि घरका मानिसहरु नुहाउँथे र टिभी सेटलाई फूल माला लगाइदिन्थे ।’

दिल्लीको घरमा बस्दाको हाम्रो परिवारको दैनिकी पनि लगभग त्यस्तै हुन्थ्यो । ती दिन आइतबार बिहान मेरी हजुरआमाको दैनिकी यस्तो हुन्थ्यो– कार्यक्रम सुरु हुनुअघि उनी धूप बाल्ने गर्थिन् र घरको पुजाकोठामा पुजा सकाउँथिन् । त्यसपछि उनी खालीखुट्टा भूईमा बसेर घरका तीन पुस्तासँग बसेर टेलिफिल्म हेर्थिन् ।

मेरो हजुरआमाको विधिमा मन्दिरमा गरिने पुजाविधिको झल्को देखिन्थ्यो । पहिले भगवान दर्शन भनेर मन्दिरमा जानु भन्ने बुझिन्थ्यो भने रामायणपछि त्यो घरको टिभीको पर्दालाई पनि बुझ्न थालियो ।

‘रामायण हेर्नु मन्दिरमा भगवानको दर्शन गर्नुजस्तै रुपमा लिइन्थ्यो । कार्यक्रमअघि मानिसहरु पुजा गर्थे, टिभीमा फूलमाला र अबिर लगाउथेँ । मानिसहरुमा कार्यक्रमलाई लिएर भक्तिभावपूर्ण सोच थियो,’ रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोभिलले सम्झना गरे । टेलिफिल्मले गोभिलको जीवन बदलिदियो ।

‘म जहाँ जान्थे मानिसहरु मेरो खुट्टा ढोग्न आउँथे । कयैन मानिस मलाई छुनमात्रै भने पनि खोज्थे । मप्रति मानिसमा ठूलो भक्ति र सम्मानको भावना थियो । मानिसहरु मलाई देख्दा खुसीले रुन्थे । म रामको भेषभुषामा बनारस जाँदा त्यसबेलाका पत्रिकाले लेखेको कटिङ अझै मसँग छ, जसमा लेखिएको थियो– भगवान रामलाई हेर्न दश लाख मानिस भेला भए ।

‘रामायण ज्वरो’ देशभरी छाएको थियो । सन् १९८८ अगस्ट ७ मा टेलिफिल्म सकिएको एक सातापछि पत्रकार शैलजा बाजपेईले इण्डियन एक्स्प्रेसमा टेलिफिल्मको प्रभावबारे लेखेकी थिइन्, ‘यस्तो न पहिले कहिले देखिएको थियो न सम्भवतः पछि नै देखिएला । कन्याकुमारीदेखि कश्मीर, गुजरातदेखि गोरखपुरसम्म रामायण हेर्नका लागि करोडौं मानिस उभिए, बसे र घुडा टेके ।’

हिन्दू राष्ट्रवादको उदयमा योगदान

रामायणले भारतमा हिन्दू राष्ट्रवादको उदयमा योगदान दिएको विश्वास गरिन्छ । यसले सार्वजनिक र राजनीतिक क्षेत्रमा हिन्दू राष्ट्रवादलाई अगाडि ल्याइदियो । रामायण प्रसारण हुनुअघि भारतमा धार्मिक कार्यक्रम त्यति धेरै हुँदैनथ्यो । भारत धर्म निरपेक्ष राष्ट्र भएकाले सबै धर्म बराबरी व्यवहार गर्नुपर्छ भनेर हिन्दूका काव्यमा जोड दिइएको थिएन ।

‘रामायणको प्रसारणलाई भारतको धर्मनिरपेक्ष व्यवस्थामाथिको पहिलो गम्भिर आघातको रुपमा मान्न सकिन्छ । यसले दर्शकमाझमा हिन्दू धर्मप्रति भक्ति बढाइदियो । तर यसलाई राजनीतिक रुपमा रुपान्तरण गर्न राजनीतिक पार्टीको गतिविधि आवश्यक हुन्थ्यो ।’

सन् २००० मा फ्रन्टलाइन म्याग्जिनलाई दिएको अन्तरवार्तामा प्राद्यापक राजागोपालले देशव्यापी रुपमा रामायणको प्रसारणबाट धार्मिक पक्षधरतामाथि रहेको दशकौंको प्रतिबन्ध उल्लंघन भएको बताए ।

‘हिन्दू राष्ट्रवादीहरुले यसबाट सबैभन्दा बढी फाइदा लिए । त्यसपछि भारतको स्वतन्त्रतापछिको सबैभन्दा ठूलो अभियान सुरु देखियो जसबाट भारतीय राजनीतिको रङ नै फेरियो । धार्मिक महाकाव्य प्रसारणको व्यापक प्रभावले एक हिसाबले हिन्दू जागरण गरायो ।’

रामायण प्रसारण गरेर तत्कालिन भारतीय कंग्रेसको सरकारले हिन्दू मतलाई थप बलियो बनाउने प्रयास गरेको थियो । तर खासमा त्यसो भएन । यसको सबैभन्दा ठूलो फाइदा हिन्दू राष्ट्रवादी दल भाजपाले उठायो ।

पवित्र भूमि

रामायणको प्रसारणको समय र पछि राष्ट्रिय स्वयम्सेवक संघ(आएएसएस)ले रामायणलाई हिन्दू जागरणको उद्देश्यको निम्ति प्रयोग गर्न सकिने देख्यो । विभिन्न समूहमा विभाजित हिन्दू जनसंख्यालाई ‘राम राज्य’ निर्माणको विचारमार्फत एकीकृत गर्ने प्रयासका लागि ऊ अग्रसर भयो ।

टेलिफिल्म प्रसारण भएको समयमा अयोध्या सहरमा रहेको बाबरी मस्जिदलाई लिएर विवाद थियो । हिन्दू राष्ट्रवादीहरुले मस्जिद रामको वास्तविक जन्म भएको स्थानमा निर्माण गरिको दावी गरिरहेका थिए । हिन्दू राष्ट्रवादीहरुले दावीलाई देशव्यापी बनाउन राम जन्मभूमि अभियान संचालन गरे, जुन देशभरी संचालन गरिएका थियो ।

त्यस अभियानका स्वयम्सेवकहरु रामायण टेलिफिल्म श्रृङ्खलाका राम र लक्ष्मणले लगाएको पहिरनमा सजिएका पनि देखिन्थ्यो । अभियानको मुख्य नारा मस्जिद भएको स्थानमा राम मन्दिर बनाउने भन्ने थियो । आन्दोलनको क्रममा ‘अयोध्या इट्टा पठाऊ’ र ‘एक एक रुपैयाँ दान’जस्ता अभियान संचालन गरिएको थियो । भारतभरीका धनी हुन् वा गरिब, प्रत्येक हिन्दूको राम मन्दिर निर्माणमा योगदान होस् भन्ने मनसायमा त्यसो गरिएको भनिएको थियो । तर वास्तवमा यसको उद्देश्य हिन्दूहरुबीचमा एकताको भावना विकास गर्ने भन्ने थियो ।

राजागोपालका अनुसार रामायण टेलिफिल्म श्रृङ्खलामा पनि राम जन्मभूमि आन्दोलनका केही प्रतिध्वनि लाग्ने दृश्य राखियो । ‘एक दृश्यमा रामले आफू वनबासको समयमा पनि जन्मभूमिको माटोसँगै लिएर हिँडेको खुलासा गर्छन् । रामायणको कुनै पनि संस्करणमा यो प्रसङ्ग भएको मलाई याद छैन । यसले खासमा राम जन्मभूमि आन्दोलनकै प्रसङ्ग उठाउन खोजेको थियो । यो दृश्य टेलिफिल्म श्रृङ्खलाले कसरी हिन्दूत्व राजनीति र हिन्दूत्व राजनीतिले कसरी टेलिफिल्मलाई प्रभाव प-यो भन्ने एउटा उदाहरण हो ।’

सन् १९९२ डिसेम्बरमा, हिन्दू समूहहरुले डेढ लाख मानिसलाई अयोध्यामा उतारे । भेला भएका केहीले टेलिफिल्मको पहिरन लगाएका थिए । उक्त ठूलो भिड उत्तेजक हुँदा १६ शताब्दीमा बनेको बाबरी मस्जिदमा हेर्दा हेर्दै माटोमा मिल्यो । त्यसपछि भारतभरी साम्प्रदायिक हिंसा फैलियो । आज यतिका वर्षपछि पनि उक्त जमिनलाई लिएर रहेको विवाद सल्टेको छैन ।

आज रामायण टेलिफिल्म श्रृङ्खला र उक्त धार्मिक काव्यका विम्ब र प्रतिकहरु भारतीय राजनीतिमा प्रयोग भएको देखिन्छ । उदारणको लागि राम राज्यको अवधारणा लामो समयदेखि भारतीय राजनीतिमा उठ्छ । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाका अध्यक्ष अमित शाहलाई राम–लक्ष्मण पनि भन्ने गरिन्छ । हुनत टेलिफिल्म आफैँ त त्यसको लागि जिम्मेवार होइत तर राज्यले त्यसमा प्रस्तुत विम्बहरुलाई सार्वजनिक स्थान र राजनीतिक जीवनमा हिन्दूको पुनरपरिभाषित गर्न प्रयोग ग¥यो ।

‘हिन्दू राष्ट्रवादीले लामो समयदेखि एक भक्तिभावपूर्ण हिन्दू पात्र स्थापित गर्न चाहेका थिए, त्यस्तो पात्रको निर्माणबाट ती देशको पहिचान पुनर्निर्माण गर्न चाहन्थे,’ राजागोपालले भने, ‘दशकौंसम्म उक्त आन्दोलनले त्यस्तो पात्र धरातलमा निर्माण गरेर विस्तारै माथि लानुपर्छ भन्ने सोच्यो । तर मिडिया र टिभीको प्रार्दुभावपछि पछि त्यसलाई माथिबाट विम्बात्मिक रुपमा तल फैलाउन सकिने देखियो ।’

आधुनिक मिथक

सन् २०१८ मा रामायणको प्रभावको पुनरमुल्याकंन गर्दै ‘द हिन्दूस्तान टाइम्स’ले लखेको थियो, ‘रमानान्द सागरको रामयाणले भारतीय राजनीतिमा हिन्दूत्व राजनीतिको रुपान्तरणमा सहयोगी भूमिका खेल्यो । ’

रामायणले विम्बमात्र विकास गरेर राजनीतिमै प्रभाव पा¥यो । हिन्दूस्तान टाइम्सको आलेखमा अगाडि लेखिएको छ, ‘रामायणको राजनीतिक प्रभाव यो कुराबाट पनि थाहा पाइन्छ कि रामको अभिनय गर्ने अरुण गोभिल र निर्माता सागरलाई कंग्रेस र भाजपाले विभिन्न पटक आफ्नो प्रचारमा प्रयोग गरे । त्यस्तै सीताको भूमिका निमाउने दीपिका चिकालिया र रावणको भूमिका निभाउने अरिविन्द त्रिवेदी त पछि सांसद पनि भए ।’

निर्माताको भाषामा ‘विश्वको सबैभन्दा धेरै हेरिएको मिथकीय श्रृङ्खला’ले टिभीलाई भारतको सबैभन्दा महत्वपूर्ण संचारमाध्यम बनाउन पनि सहयोग पनि ग¥यो । यसले प्राचिन हिन्दू धर्म आधुनिकतासँग पनि मेल खान्छ भन्ने पनि देखायो । सन् १९९० को सुरुवातमा आर्थिक सुधार र उदारीकरणमा प्रवेश गर्न लागेको समयमा हिन्दू नयाँ प्रविधि र नयाँ उपभोक्ताको समयको लागि पनि योग्य भएको रामायणको संकेत ग¥यो ।

टेलिफिल्म श्रृङ्खला अन्त्य भएको ३० वर्षपछि रामायणले अझै पनि रामको भूमिका निभाएका अभिनेतालाई प्रभावित बनाइरहेको छ । ‘रामको पात्र अभिनय मेरो लागि त्यति सफल मान्न सकिदैन किनकि त्यसपछि मलाई फरक भूमिका पाउन गा¥हो भयो । फिल्म बनाउनेहरु मसँगको कुराकानीमा ‘रामजीको रुपमा तपाईको छवि एकदम बलियो छ’ भनेर टार्थे । सुरुमा त्यसले मलाई दुःखी बनायो । तर त्यसलाई कसरी लिने भन्ने मा पनि भर पर्छ । मलाई अझै पनि त्यो भूमिकाको लागि सम्झिना गरिन्छ । मैले त्यही भूकिाका कारण माया र सम्मान पाएँ,’ गोभिलले भने ।

गोभिलको जीवनलाई रामायणले बदलेजस्तै भारतलाई पनि त्यसले बदलेको छ ।
ratopati

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *