र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा, युट्युबबाट गीत हट्यो

७ कात्तिक, काठमाडौं । चर्चित र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।

पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *