‘सक्किगो नि’ लोकप्रिय भएपछि मिडिया हवले विवाद निकाल्यो’

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिशृङ्खला ‘भद्रगोल’को चरित्र र पत्र बीचको बिबाद अहिले प्रहरीसम्म पुगेको छ । ‘भद्रगोल’ निर्माण संस्था मिडिया हव ‘सक्किगो नि’ नामक टेलिशृङ्खलामा ‘भद्रगोल’मा प्रयोग भएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र हुबहु भएको र त्यो गर्न नपाउने दाबीसहित प्रहरीमा पुगेको हो ।

‘भद्रगोल’मा प्रयोग भएका पात्र हुबहु प्रयोग नगर्न ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रियसन र त्यसका कलाकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि अटेर गरेको कारण आफू न्यायका लागि प्रहरीमा आएको मडिया हवका मालिक सोम धितालले बताए ।

‘यो हाम्रो दुई शृङ्खला बीचको लडाईँ होइन,’ धितालले भने ‘आफूले लगानी गरेको शृङ्खलाको पात्र र चरित्र आफैमा सुरक्षित हुनुपर्छ भन्ने मेरो माग हो ।’

यता ‘सक्कियो नि’मा आफूहरुले प्रयोग गरेको पात्र र चरित्र आफ्नो भएकोले जुनै शृङ्खलामा पनि प्रयोग गर्न पाउने कलाकार कुमार कट्टेले ‘जिग्री’ले बताए ।

हामीले मिडियाहवसँग मिलेर कार्यक्रम गर्दा पनि सहमतिमा पात्र र चरित्र हामीमै रहने भनेर एग्रिमेन्ट गरेका छौँ,’ कुमारले भने, ‘एग्रिमेन्ट अवधि भरमा हामीमा सुरक्षित भएको पात्र एग्रिमेन्ट सकिएपछि कसरी मिडिया हवको हुन्छ ?’यो पनि

भद्रगोल पात्र विवादमा जिग्रीले भने, पात्र र चरित्र हाम्रो हो, हामीले प्रयोग गर्न सक्छौं
‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुग्यो

केही अगाडिसम्म ‘भद्रगोल’ जेपिटी क्रियसनले निर्माण गर्ने गदथ्र्याे भने प्रशारण जिम्मेवारी मिडियाहवको थियो । त्यसबापत मिडिया हवले जेपिटी क्रियसनलाई निर्माण खर्चसमेत उपलब्ध गराउने गदथ्र्योे  । तर पछिल्लो समय मिडियाहवले ‘भद्रगोल’ निर्माण खर्च दिन आनाकानी गर्दै निर्माण भएका धेरै भागको पनि खर्च दिन बाँकी राखेपछि जेपिटी क्रियसन र त्यससँग सम्बन्धित कलाकार मिडिया हवबाट छुट्टिएका थिए ।

जेपिटी क्रियसन र त्यससँग सम्बन्धित कलाकार छुट्टिएपछि मिडिया हवले अन्य कलाकार लिएर ‘भद्रगोल’ निर्माण तथा प्रसारण सुरु गरेको थियो । त्यसको केही समयपछि जेपिटी क्रियसनले पनि ‘सक्कियो नि’ निर्माण गरेको हो ।

जेपिटी क्रियसनले सुरु गरेको ‘सक्कियो नि’ अहिलेसम्म करिब ५ भाग मात्र प्रशारण भएको छ । ५ भागमै ‘सक्कियो नि’ वर्षाैदेखि प्रसार हुँदै आएको ‘भद्रगोल’ भन्दा लोकप्रिय भएपछि मिडियाहवले पात्र  र चरित्रको विषयमा विवाद सिर्जना गरेको कलाकार कुमार कट्टेल बताउँछन् ।

‘आइतबार हामीलाई प्रहरीबाट पनि बोलावट आएको थियो,’ कुमारले भने ‘मिडियाहवसँग भएको सम्झौताको एक प्रति प्रहरीमा देखाएपछि फर्काउनु भयो ।’

मिडिया हवसँग जेपिटी क्रियसनलले गरेको सम्झौताको बुँदा नम्बर १३ मा ‘भद्रगोल’ र भद्रगोल भित्रको सम्पूर्ण पात्रको चरित्रको अधिकार दोस्रो पक्षमा निहीत रहने भनिएको छ । सम्झौता पत्रमा दोस्रो पक्ष भनेर जेपिटी क्रियसनलाई उल्लेख गरिएको छ ।

‘सक्किगो नि’ जेपिटी क्रियसनमार्फत निर्माण भएको टेलिशृङ्खला हो । यसका लेखन तथा निर्देशन कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को रहेका छन् ।#भद्रगोल#सक्किगो नि

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *