सीको स्वागतका लागि चिटिक्क काठमाडौं

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्क पारिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटलसम्म सडक कालोपत्रे गरिएको छ, सडक पेटीहरु रंगाइएको छ । सडक छेउमा फूल तथा बिरुवा रोपिएको छ ।

सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र सीको फोटो झुण्ड्याइएको छ । ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएको छ ।

सी २५ गते शनिबार काठमाडौं आउनेछन् । राष्ट्रपतिको तहमा चीनबाट २३ वर्षपछि हुन लागेको भ्रमणलाई स्मरणीय बनाउने सरकारको तयारी छ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *