नेपालका लागि अमेरिकी राजदूत बेरीले पनि दशैंको टीका लगाए

२१ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि हिम्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी मनाएका छन् ।

दूतावासमा आयोजित कार्यक्रममा टीका र जमरा लगाएर उनले दशैं मनाएका हुन् ।

ढाका टोपीमा सजिएर टीका र जमरा लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै उनले सर्वसाधारणमा खुशी, शान्ति र मायाको कामना गरेका छन् ।

उनले अर्को पोष्टमा नेपाली गीतमा नृत्य गरेको भिडियो पनि राखेका छन् ।

उनले लेखेका छन्, ‘दशैंको शुभकामना । म राम्रोसँग नाँच्न त जान्दिन तर, दूतावास परिवारको दशैं विशेष वार्षिक कार्यक्रममा नृत्य नगरी रहन सकिन ।’

Dashainko Shubhakamana! I may not be the best dancer, but I couldn’t resist joining the @USEmbassyNepal family & dance at our annual Dashain festival event. How are you celebrating your Dashain?

Embedded video

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *