सजिना लामिछानेले उत्कृष्ट मोडेलको ‘म्युजिक अवार्ड’ पाएकी छन्

मोडल सजिना लामिछानेले सगरमाथा ‘म्युजिक अवार्ड’ पाएकी छन् । सम्मान डिजिटल क्रियसन, सुरसंगीग स्टुडियोकी सञ्चालिका तथा भिडियो निर्देशक समेत रहेकी लामिछानेलाई पुष्कर सिंह को लय शब्द प्रस्तुति मा रहेको गीत “पराइको डोलि” बाट उत्कृष्ट मोडेलको अवार्ड प्रदान गरिएको हो ।

शुक्रवार भएको कार्यक्रममा उनलाई उत्कृष्ट नव मोडल बिधामा प्रमाणपत्र सहित अवार्ड प्राप्त भएको हो । अवार्ड पाएपछि उनले खुसी व्यक्त गर्दै आयोजकलाई धन्यावाद दिएकी छन् ।

सामाजिक सञ्जाल फेशबुकमा अवार्ड पाएपछि आफ्नो प्रतिक्रिया सहित उनले लेखेकी छन् “२०७६असोज ९ गते-सगरमाथा म्युजिक अवार्ड २०७६ मा मलाई ‘पराइको डोलि’ गीत बाट मोडेल को अवार्ड प्रदान गरेर अझै हौसला बढाइदिनु हुने आयोजक टिम र सम्पुर्ण जुरिहरु प्रती मनै देखि हार्दिक आभार प्रकट गर्दछु।”

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *