विपन्न विद्यार्थीलाई सांंसद मैनालीद्धारा आर्थिक सहयोग प्रदान

विपन्न विद्यार्थीलाई सांंसद मैनालीद्धारा आर्थिक सहयोग प्रदान नुवाकोट, ०१ आश्विन – नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद मैनालीले लिखु गाउँपालिका वडा नं. ६ मा रहेको नेबुला स्कुलमा अध्यनरत छात्र छात्राालाई निशुल्क अध्यापन गराउनको लागि आफुले पाउने संसद सुविधाबाट रू पचास हजारको चेक प्रदान गरेका हुन । सांसद मैनाली उक्त चेक विद्यालय संचालक अर्जुन लामिछानेलाई हस्तान्तरण गरे । समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन । त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आर्इरहेका छन्

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *