कस्मिरमा गोलीबारीः ३ पाकिस्तानी सैनिकको मृत्यु, ५ भारतीय सैनिक मारिएकोे दावी

कस्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान हुँदा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले जनाएको छ । 

दुई देशबीचको नियन्त्रण रेखामा भएको भिडन्तमा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ । बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनाले पाँच भारतीय सैनिक मारिएको दावी गरेको छ । 

पाकिस्तानी सेनाले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतको कब्जामा रहेको जम्मु–कश्मीरको अनिश्चितताबाट ध्यान हटाउन भारतीय सेनाबाट नियन्त्रण रेखामा गोलीबारी भएको छ । तीन पाकिस्तानी सैनिक शहीद भएका छन् ।’

Source:ratopati news

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *